रिसाएका व्यवसायीहरुले हिलो छ्याप्ने काम गरेः अर्थमन्त्री महत

काठमाडौं । करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएका अर्थ मन्त्री प्रकाशशरण महतले बताएका छन् । आर्थिक मिडिया सोसाइटी नेपाललले गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यवसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन् । आफूमाथि लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिए । मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’

बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरु रिसाएका मन्त्री महतले बताए । संसदीय क्षेत्र विकास कार्यक्रम हो । यसलाई कोष भन्नु नमिल्ने मन्त्री महतको भनाई छ । यसमा सम्बन्धित सासंदको सुझाव मात्रै हुन्छ । सासंदले सिफारिष मात्रै गर्ने हो । यो पुँजिगत खर्च हो । सासंदहरुले आफू खुशि गर्ने होइनन् । उनीहरुको रोल कार्यक्रम छनोट मात्रै हो । यसलाई विवादित बनाउनु पर्ने कुनै कारण नरहेको मन्त्री मतहले बताए ।

मन्त्री महतले भने ‘बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरेका छन् । यो प्रश्न मैले पनि गर्ने गरेको छु । बजेटको आलोचना हुन सक्छ । तर हामी सुधारको कार्याक्रम लागू गर्छौं ।’ मन्त्री महतले थपे ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिगौं भन्ने हुन्छ । हामी जुन डेडिकेसनमा काम गरिरहेका छौं । बजेटले लिएको लक्ष्य पुरा गर्न सकिन्छ ।’

निश्चित समूहले फाइदा लिएको र अहिले लिन नपाएको हुन सक्ने उनले बताए । मन्त्री महतले भने ‘म चुनौति दिएर भन्न चाहन्छु । इमान्दार इमान्दारी भएर काम गरेको छु । यति काम गर्दा पनि हिलो झ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन ।’

आयातमा रमाइरहेका व्यापारीहरु बढि रिसाएको मन्त्री मतहले बताए । ‘विद्युतीय गाडीमा सामान्य हेरफेर गरिएको छ । लजिकल प्रोग्रेसन गरिएको छ । धेरै कुरा आएका थिए । नत मैले इभी वालाको सुने नत पेट्रोलियमको पनि कुरा आएका थिए । मैले चाहिने कुरा मात्रै सुने,’ उनले भने ।

सेयर बजारको विषयमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिएको मन्त्री महतले बताए ।

You might also like

Comments are closed.