काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डाइरेक्टर महेन्द्रराज रञ्जित नेपाल स्काउटको प्रमुख आयुक्तमा नियुक्त भएका छन् । तालिम दलबाट निर्वाचित भएका उनलाई सरकारले स्काउटको प्रमुख आयुक्त नियुक्त गरेको हो ।
नेपाल स्काउटको प्रमुख आयुक्तमा नियुक्त गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै रञ्जितले स्काउटमार्फत युवाहरुको क्षमता अभिबृद्धिमा सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सबैको साथ, सहयोग र सहकार्यबाट नेपाल स्काउटको गरिमा उच्च बनाउने गरी काम गर्ने उनले बताए ।
नेपाल स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी र इन्दु तिवारी सुवेदी नियुक्त भएका छन् भने अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे र तालिम आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएका छन् ।
Comments are closed.