‘कंगारुले आयोजना गर्ने रोड सो विद्यार्थीका लागि विशेष अवसर हो’

महेशबाबु तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत, कंगारु एजुकेसन फाउन्डेसन

पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर विभिन्न कन्सल्टेन्सीहरु स्थापना भएका छन् । त्यसमध्येमा प्रतिष्ठित कन्सल्टेन्सीको पहिचान बनाउन सफल भएको अग्रणी संस्था हो कंगारु एजुकेशन फाउन्डेसन । कंगारुले सेवा प्रदान गरेको १६ वर्ष भइसकेको छ । यस अवधिमा २० हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेको बताउँछन् प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना । तिमल्सेना आफै पनि विदेशमा अध्ययन गरेर त्यहाँको अनुभव संगालेका अनुभवी व्यक्ति हुन् । उनको नेतृत्वमा स्थापित कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ । यसै सन्दर्भमा कंगारुले अगष्ट १४ देखि ‘अल नेपाल रोड सो’ कार्यक्रम गर्दैछ । यसैक्रममा तिमल्सेनासँग रोड सो लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

बजारमा धेरै एजुकेशन कन्सल्टेन्सीहरु छन् । विद्यार्थी र अभिभावकले परामर्श सेवाका लागि कंगारु एजुकेसन फाउन्डेसन नै किन रोज्ने ?

कंगारु एजुकेसन फाउन्डेसनले बिगत १६ वर्षदेखि अध्ययनका लागि विदेशका विभिन्न उत्कृष्ट शैक्षिक गन्तव्यमा जान चाहने नेपाली विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको छ । नेपाली विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर समय समयमा विदेशमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेट गराउँदैे आएका छौं । हामीले ५ वटा देशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका लागि काम गर्दै आएका छौं । युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छौं । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी मात्रै दिन्छौं । हामीसँग आबद्ध काउन्सिलरहरु लामो समयको अनुभवी तथा सर्टिफाइड हुनुहुन्छ । विदेशमा गएर अध्ययन गरी त्यहाँको अनुभव संगालेको टिम हामीसँग छ । जसले गर्दा विदेश जान चाहने विद्यार्थीलाई त्यहाँको वास्तविक समस्या तथा अवसरका बारेमा जानकारी गराउन हामी सक्षम छौं ।

कंगारुले समय समयमा इन्फरमेसन डे तथा रोड सो कार्यक्रम गर्दै आइरहेको छ । यस पटकको इभेन्ट कहिले हुन्छ ?

हामीले कंगारुमा सेवा लिन चाहने विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका बारेमा फस्ट ह्याण्ड इन्फरमेन त्यहाँकै प्रतिनिधिमार्फत सिधै प्रदान गर्दै आइरहेका छौं । सोही मान्यता अनुसार नै हामीले हरेक वर्ष ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ गर्दै आएका छौं । कंगारुको कार्यालय रहेका शहरहरुमा हामीले रोड सो गर्दै आएका छौं । जुन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै छौं । अहिलेको इभेन्ट अगस्ट १४ देखि २२ सम्म हुनेछ । अगस्ट १४ मा काठमाडौंबाट शुरु भएर १५ मा बिर्तामोड, १६ मा इटहरी, १८ मा चितवन, २० मा बुटवल र २२ मा पोखरामा हुनेछ । इभेन्टमा हामीसँगै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि रहनुहुनेछ ।

अल नेपाल रोड सो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालको विभिन्न भागमा रहनुभएका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु हो । कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी विद्यार्थीले प्राप्त गर्न पाउने एक अवसर पनि हो रोड सो । कलेजमा अध्यापन हुने विषय, फि स्टक्चर, स्कलरसिप, शैक्षिक गुणस्तर लगातयका बारेमा जानकारी लिन विद्यार्थी तथा अभिभावकलाई सहज हुनेछ । भिजा प्रक्रियाका बारेमा पनि हामी परामर्श प्रदान गर्छौं । विद्यार्थीले आफ्नो ठाउँमा नै बसेर भिजा अप्लाई गर्न पाउनुहुन्छ, जुन महत्वपूर्ण अवसर पनि हो ।

रोड सोमा कुन कुन देशका प्रतिनिधि आउनुहुन्छ ?

कंगारुले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आएको छ । यी सबै देशमा रहेका विभिन्न २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको इभेन्टमा सहभागिता रहन्छ ।

कंगारुबाट सेवा लिएका विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामीसँग १६ वर्षको लामो अनुभव तथा इतिहास छ । यो अवधिमा कंगारुमा आएर परामर्श तथा कक्षा लिएर जाने विद्यार्थी सफल पनि हुनुभएको छ । विदेश गइसकेपछि पनि उहाँहरुलाई हामीले आवश्यकता अनुसार अभिभावकत्व प्रदान गर्दै आइरहेका छौं । यहाँबाट गएका विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएर नै हामीले १६ वर्षे यात्रामा दिनप्रतिदिन विद्यार्थी र अभिभावकको विश्वास जित्दै आइरहेका छौं ।

समय समयमा परिवर्तन हुने नीतिबाट यो व्यवसाय कत्तिको प्रभावित छ ?

हरेक क्षेत्रमा समस्याहरु आउँछन् नै । यो व्यवसायमा पनि समस्या आउनु स्वभाविकै हो । नेपालको आफ्नै नीतिमा परिवर्तन आइरहेका हुन्छन् । एनओसी, संस्था दर्ता नवीकरण, धरौटी लिने लगायतका विविध विषय छन् । यी हाम्रो देशका आन्तरिक चुनौति भए । सम्वन्धित देशले भिजा दिने कुरामा कत्तिको कठिनाई गरेका छन् त्यसले पनि प्रभाव पार्छ । प्रभाव भएका कुरामा पनि उपयुक्त तरिकाले व्याख्या गरेर हामी विद्यार्थीलाई बुझाउँछौं । विद्यार्थी एउटा देशमा जान नपाएमा पनि अर्को देश जान पाउने सम्भावना रहन्छ भनेर हामीले ५ वटा देशका लागि नै एकै स्थानमा कार्यक्रम गरेका हौं । विदेशको परिवर्तित नीति नियमका बारेमा पनि विद्यार्थीलाई हामीले अपडेट गराउँछौं ।

अष्ट्रेलियामा शाखाहरु पनि खोल्नुभएको छ । जसले गर्दा त्यहाँ जाने विद्यार्थीलाई के फाइदा हुन्छ ?

विशेष गरि अहिले नेपालका धेरै विद्यार्थी अष्ट्रेलिया जाने गरेको पाउछौं । सिड्नी, एडिलेड, पर्थ, तास्मानियामा रहेका हाम्रा सम्पर्क शाखा कार्यालयले विद्यार्थीलाई पर्ने समस्या समाधानका लागि पहल गरिरहेका छन् । क्वालिफाइड माइग्रेसन एजेन्टले समस्या समाधानका लागि सहयोग गर्नुहुन्छ । अन्य देशमा पनि हाम्रा प्रतिनिधिहरुले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्नुहुन्छ ।

मुख्य कार्यालयसहित शाखाहरुमा पनि रोड सो गर्नुको उद्देश्य के हो ?

हामीले मुख्य कार्यालयसँगै शाखाहरुलाई पनि प्राथमिकतामा राख्दै आएका छौं । परामर्श लिनका लागि विद्यार्थीले आफ््नै शहर पनि सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले शाखाहरुमा पनि विदेशस्थित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु लिएर जान्छौं । शाखा रहेका शहर आसपासका विद्यार्थीहरु त्यहाँ आएर आवश्यक परामर्श लिन सक्नुहुन्छ । जसले गर्दा त्यहाँका विद्यार्थी तथा अभिभावक प्रत्यक्ष लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

शैक्षिक परामर्श सेवासँगै कंगारुले भर्ना प्रक्रिया, छात्रवृत्ति, कलेज तथा युनिभर्सिटीको कोर्ष, देशको समग्र अवस्था तथा शिक्षा नीतिका बारेमा जानकारी गराउँदै आइरहेको छ । मार्गदर्शन र परामर्शसँगै दक्ष तथा अनुभवी शिक्षकद्वारा आयल्स, टोफेल, पिटिई, स्याट लगायतका कक्षा पनि संचालन भइरहेका छन् । कंगारुमा रहेका शिक्षक तथा परामर्शदाताहरु प्रोफेसनल सर्टिफिकेट होल्डर हुनुहुन्छ । विद्यार्थीको रुची, क्षमता, शैक्षिक स्तर, आर्थिक अवस्था हेरेर देश, कलेज तथा युनिर्भसिटी छनोट गर्न कंगारुले सहयोग गर्छ । कंगारुले विश्वसनियता र उत्तरदायित्वलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको छ । परीक्षाको तयारी, कलेज भर्ना, डकुमेन्टेसन, भिसा, बस्ने व्यवस्था लगायतका विभिन्न समस्या समाधानका लागि हामी सधैं तयार छौं । यसै कारण जो विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनुहुन्छ कंगारुमा एक पटक परामर्श सेवाका लागि आउन आग्रह गर्दछु । र, कंगारुले आयोजना गरेको रोड सोमा काठमाडौंसहित देशका अन्य शाखाहरुमा आफूलाई पायक पर्ने ठाउँमा गई परामर्श लिनका लागि आग्रह गर्दछु ।

lcci
You might also like

Comments are closed.