मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिल्यै बनेनः महेश बस्नेत

काठमाडौं । बर्तमान मन्त्रीमण्डलमा गृहमन्त्रीको चर्चामा रहेका एमालेका युवा नेता महेश बस्नेतको नाम अन्तिममा अटाएन । उनी मन्त्री नबनेपछि उनका शुभेच्छुकहरु दुखि बनेका छन् ।

चर्चामा रहेर पनि मन्त्री बन्न नसकेपछि उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी नीति, नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बडेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु । पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो बिरोधी साथीहरुलाई म झन धेरै धन्यवाद दिन चहान्छु । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । तेस्तो भ्रममा कोही नपरौं म जहाँछु तेही रहनेछु र म जे छु त्यहीँ छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस, जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ । पटक, पटक अग्नि परिक्षामा होमिन तयार छु ।’
You might also like

Comments are closed.