‘महिन्द्रा केयर फेस्ट २०८१’ सुरु, अफरको लाभ लिन सकिने

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि.ले महिन्द्रा केयर फेस्ट आयोजना गरेको छ । फागुन १८ गते आइतबार सुरु भएको फेस्ट फागुन २३ गतेसम्म चल्नेछ । देशभर रहेका सर्भिस सेन्टरमा यो फेस्ट चल्नेछ ।

कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक – सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) चैतन्य कगलकार, महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथै अतिथि र ग्राहकहरुको उपस्थितिमा आइतबार एक कार्यक्रमबीच फेस्टको उद्घाटन गरिएको हो ।

४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरुको पनि लाभ लिन सकिने जनाइएको छ ।

महिन्द्राका ग्राहकले नेपालभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा जस्तै ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.लि.ले केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद गर्दा वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । यसरी एक्स्चेन्ज गर्दा वा नयाँ गाडी खरिद गर्दा आकर्षक अफर ल्याइएको कम्पनीले जनाएको छ । यो सुविधा काठमाडौं, भैरहवा, इटहरि, चितवन, पोखरा शाखामा उपलब्ध छ ।

You might also like

Comments are closed.