नेपालमा भित्रियो महिन्द्रा एक्सयूभी ७००, यस्ता छन् विशेषताहरु

काठमाडौं ।  नेपाली बजारमा महिन्द्राको नयाँ एक्सयूभी ७०० भित्रिएको छ । नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमामा रहेकाे  महिन्द्राको नयाँ ट्विन पिक लोगोका साथ नेपाली बजारमा आएको महिन्द्रा एक्सयूभीलाई रानीपोखरीस्थित ट्विन पिक शोरुममा औपचारिक लन्च गरिएको हो ।

‘एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता र कूल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

महिन्द्रा एक्सयूभी ७०० लाई परिचयात्मक मूल्य ७४ लाख रुपैयाँमा सार्वजनिक गरिएको छ । परिचयात्मक मूल्य फेब्रुअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि १ महिनाका लागि लागू हुने जनाइएको छ ।

महिन्द्रा एक्सयूभी ७०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ ।हालको मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीको भनाइ छ ।

एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक -उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी समेत हो । ५ सिटर एक्सयूभी ७०० को मूल्य ७४ लाख, ८१ लाख र ८९ लाख हुनेछ भने ७ सिटर एक्सयूभी ७०० को मूल्य ८३ लाख, १ करोड ५ लाख र १ करोड १० लाख रुपैयाँ हुनेछ ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीले बताएको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।

महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ । यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न इन्जिनियर गरिएको छ ।

ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिने कम्पनीको भनाइ छ ।एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।

सन् १९४५ मा स्थापित महिन्द्रा समूह १०० भन्दा बढी देशहरूमा २ लाख ६० हजार कर्मचारीहरू भएको कम्पनीहरूको सबैभन्दा ठूलो र सबैभन्दा प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसले भारतमा कृषि उपकरण, उपयोगिता वाहन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रणी स्थान हासिल गरेको छ तथा संख्यात्मक आधारमा विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । यसको नवीकरणीय ऊर्जा, कृषि, बन्दोबस्ती ९लजिस्टिक०, आतिथ्य र रियल इस्टेटमा पनि बलियो उपस्थिति छ ।

महिन्द्रा समूहले समुदाय र सरोकारवालाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका ग्रामीण समृद्धि सक्षम तुल्याउन र सहरी जीवनयापनमा सुधार गर्ने गर्ने उद्देश्यसहित विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्र्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गरेको छ ।

 

 

You might also like

Comments are closed.