महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै

काठमाडौं ।  महिन्द्रा फोरह्वीलरको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालीले यही फागुन १४ गतेदेखि १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

यस ४५-पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत  छुट र स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ ।

महिन्द्राका ग्राहकले नेपालभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता हुने अपेक्षा कम्पनीको रहेको छ ।

साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ्र साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ ।

यो सेवा काठमाडौं, भैरहवा र इटहरीमा, उपलब्ध छ्र ।साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि अफिसको नम्बरमा  फोन गर्न सकिनेछ ।

 

You might also like

Comments are closed.