महुली लघुवित्तको लाभांश राष्ट्र बैंकले घटायो, अब १५ प्रतिशत मात्र पाउने

काठमाडौं ।  महुली लद्युवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकले घटाएको छ ।

लघुवित्तले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो तर राष्ट्र बैंकले घटाएर सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्न पाउने अनुमति दिएको छ ।

योसँगै लघुवित्तका सेयरधनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन नगदसहित ०.७५ गरी कुल १५ प्रतिशत लाभांश पाउने भएका छन् । महुली लघुवित्तको सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएको छन् ।

राष्ट्र बैंकले पछिल्लो समय लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ । साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । लघुवित्तको लाभांश वितरण गर्ने बैशाख ९ गते साधारण सभा बोलाएको छ ।

 

 

You might also like

Comments are closed.