सुनिल भट्टराईले खोले ‘मजेष्टिक लेक फ्रन्ट होटल एण्ड स्विट्स’

पोखरा । पोखरामा ‘मजेष्टिक लेक फ्रन्ट होटल एण्ड स्विट्स’ सञ्चालनमा आएको छ । युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईले होटल सञ्चालनमा ल्याएका हुन् । पोखराको लेकसाइडस्थित खहरेमा होटल सञ्चालनमा आएको हो ।

करिब ४ रोपनी जग्गामा सञ्चालनमा आएको होटलमा १५ करोड रुपैयाँ लगानी भएको भट्टराईले जानकारी दिए । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । होटलमा ५ वटा स्विट, ६ वटा फेमिली रुमसहित ३६ वटा रुम छन् ।

आकर्षक रेष्टुरेन्ट, स्विमिङ पुल, हल, स्पा लगायतको सेवा होटलमा उपलब्ध छ । स्विमिङपुलसँगै बारको सेवा पनि उपलब्ध छ । शान्त वातावरणमा सञ्चालित होटलबाट फेवातालसहित वरपरको हरियाली दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ ।

रेष्टुरेन्टमा कन्टिनेन्टलसहित सबै प्रकारका खाना तथा खाजाका परिकार उपलब्ध हुने भट्टराईले जानकारी दिए । ‘रेष्टुरेन्टमा लन्च गर्ने सेवाग्राहीलाई स्विमिङ पुलको सेवा निःशुल्क उपलब्ध गराइएको छ,’ उनले भने । होटल सञ्चालनमा आएको अवसरमा विशेष छुटसहित रुम बुकिङ सुविधा उपलब्ध रहेको उनले जानकारी दिए ।

‘पोखरामा सुविधासम्पन्न होटलको आवश्यकता महसुस गरी लगानी गरेको हुँ,’ उनले भने, ‘मजेष्टिक लेक फ्रन्टमा आउने पाहुनाले फरक खालको अनुभूति गर्ने हामीले विश्वास लिएका छौं ।’ होटलमा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.