पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा रहेको ‘मजेष्टिक लेक फ्रन्ट होटल एण्ड स्विट्स’ले विविध कार्यक्रम गरी दोस्रो वार्षिकोत्सव मनाएको छ । साउन ११ गते होटल स्थापनाको दोस्रो वर्ष पुरा भएको छ ।
होटलले वार्षिकोत्सवकोे अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै मानवसेवा आश्रम हेमजा पोखरालाई सहयोग गरेको छ । आश्रममा आश्रितहरुलाई होटलले बिहानको खाना खुवाएको छ ।
त्यसैगरी होटलले पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडेको छ । तालमा माछाको संख्या बढाउनमा योगदान गर्ने लक्ष्यसहित भुरा छाडिएको होटलले जनाएको छ ।
त्यस्तै होटलले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । इम्प्लोइ अफ द इअरबाट मेनुका गुरुङ र एचओडी अफ द इअरबाट अनिल कुँवर सम्मानित भएका छन् । कर्मचारीहरुको उपस्थितिमा नाँचगानसहित विविध कार्यक्रम गरिएको छ ।
कर्मचारीमा उत्साह ल्याउनका लागि सम्मान र सामाजिक उत्तरदायिव बहन गर्दै अन्य विविध कार्यक्रम आयोजना गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा उनले सम्पूर्ण पर्यटक, पाहुना, सेवाग्राही, कर्मचारी लगायत सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
यसैबीच होटलले लगानी विस्तार गर्दै रुम र हल थप गर्न लागेको छ । असोजबाट होटलमा २४ वटा रुम थप हुने भट्टराईले जानकारी दिए । अब होटलमा ३ वटा स्विट्स सहित ६२ वटा रुमबाट सेवा प्रदान हुनेछ ।
त्यस्तै ४०० जना क्षमताको बैंक्युट हल पनि विस्तार भएको छ । होटलमा २ वटा हलसहित स्पा, स्विमिङ, लेकफ्रन्ट रेस्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २ वर्ष अगाडिबाट होटल सञ्चालनमा आएको हो । २ वर्षको अवधिमा होटलमा पर्यटकको आकर्षण देखिएको सञ्चालक भट्टराईले जानकारी दिए । ‘हामीले पारिवारिक वातावरणमा पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘एक पटक होटलमा आएर सेवा लिएका पर्यटक पुनः आउने र राम्रो प्रतिक्रिया दिने गर्नु भएको छ ।’
Comments are closed.