पोखरामा खुल्यो सुविधासम्पन्न रिसोर्ट ‘मझेरी’

पोखरा । पोखराको लेकसाइडमा ‘मझेरी रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको छ । सफ्ट ओपनिङ भएर सञ्चालनमा आइसकेको रिसोर्टको ग्राण्ड ओपनिङ भने भइसकेको छैन । छिट्टै ग्राण्ड ओपनिङसमेत गर्ने तयारी भइरहेको होटलका जनरल म्यानेजर गुप्त गिरीले जानकारी दिए ।

व्यवसायीहरु अर्जुन खनाल, दुर्गा पाण्डे, बाबुराम पाण्डे र राजन खनालको लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टको व्यवस्थापनको जिम्मेवारी सांग्रिला हस्पिटालिटीले लिएको छ । रिसोर्टमा ६० वटा रुम छन् । स्विट, फेमिली डिलक्स, किङ साइज, क्युइन साइज लगायतका क्याटागोरीका रुम रिसोर्टमा उपलब्ध छन् ।

१७ नंं. स्ट्रिटस्थित लालुपाते मार्गमा सञ्चालनमा आएको रिसोर्टमा पर्याप्त पार्किङ सुविधा छ । पोखराको पर्यटनमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिने गरी रिसोर्ट सञ्चालनमा आएको गिरीले बताए । कार्यक्रम तथा मिटिङका लागि सानो ठूलो गरी २ वटा हलको सुविधा उपलब्ध छ । २ वटै ब्लकमा लिफ्टसहित अन्य आवश्यक सुविधा उपलब्ध छ । मल्टिकुजिन रेष्टुरेन्टमा ग्राहकले आफ्नो अर्डर अनुसारको स्वादिष्ट खानाका परिकारको स्वाद लिन सक्नेछन् । स्विमिङ पुल र पुल साइड बारको सुविधा पनि उपलब्ध छ । रुफटपबाट आकर्षक भ्यु देख्न सकिन्छ ।

न्यु इअर इभमा देवेन्द्र बब्लु र मोक्ष ब्याण्डको प्रस्तुति

मझेरी रिसोर्टमा न्यु इयर विशेष कार्यक्रम हुने भएको छ । देवेन्द्र बब्लु र मोक्ष व्याण्डको साथमा न्यु इयर इभ मनाउन सकिने गरी कार्यक्रम तय गरिएको गिरीले जानकारी दिए । रिसोर्टले गाला डिनरसहितको न्यु इअर प्याकेज घोषणा गरेको हो ।

न्यु इयर इभलाई लक्षित गरी आकर्षक प्याकेज सार्वजनिक गरिएको गिरी बताउँछन् । ‘रिसोर्टमा चर्चित ब्याण्ड देवेन्द्र बब्लु एण्ड मोक्ष व्याण्डको लाइभ म्युजिकका साथमा न्यु इयर इभ सेलिब्रेट गर्ने अवसर मिल्नेछ,’ उनले भने ।

उक्त प्याकेज अन्तर्गत रिसोर्टमा सिंगल बेडका लागि १ रात २ दिनको ७ हजार ९ सय ९९ रुपैयाँ लाग्नेछ भने डबल बेडका लागि ९ हजार ९ सय ९९ रुपैयाँ लाग्नेछ । एक्स्ट्रा बेडको सिंगलका लागि थप ४ हजार ४ सय ४४ रुपैयाँ र डबलका लागि ६ हजार ६ सय ६६ रुपैयाँ लाग्नेछ ।

२ रात ३ दिनका लागि सिंगल बेडको १२ हजार ९ सय ९९ रुपैयाँ र डबल बेडका लागि १४ हजार ९ सय ९९ रुपैयाँ लाग्नेछ । सिंगल बेडका लागि एक्स्ट्रा बेडको ६ हजार ६ सय ६६ रुपैयाँ र डबल बेडका लागि ९ हजार ९ सय ९९ रुपैयाँ लाग्नेछ । यो प्याकेजमा

उक्त प्याकेजमा डिलक्स रुम, गाला डिनर, अनलिमिटेड स्न्याक्स, वेलकम ड्रिङस, बफेट ब्रेकफास्ट, लक्की ड्रमा विभिन्न उपहार समावेश गरिएको छ ।

lcci
You might also like

Comments are closed.