विशेष अफरमा मेकअप कक्षा

पोखरा । महिलाहरु प्राय सौन्दर्यको सौैखिन हुन्छन् । सौन्दर्य कलालाई व्यावसायिक बनाउने क्रम पनि बढ्दो छ । सौन्दर्य व्यवसायप्रति बढ्दो आकर्षणलाई मध्यनजर गरी श्रृंगारमा रुची हुने महिलालाई लक्षित गरी महिलालाई श्रृंगार सम्वन्धी सीप सिकाउने उद्देश्यले कात्तिक १७ गतेदेखि पोखरामा सेल्फ मेकअप र प्रोफेसनल मेकअप क्लास सञ्चालन हुने भएको छ ।

मेकअप आर्टिष्ट विस्वास्था घिमिरेले पोखरा क्षेत्रका महिलालाई लक्षित गरी नयाँबजारमा मेकअप क्लास सञ्चालन गर्न लागेकी हुन् । विभिन्न प्याकेज सहित ५० प्रतिशत डिस्काउन्टमा फेस्टिभल अफर अन्तर्गत क्लास सञ्चालन हुने उनले बताइन् ।

सेल्फ मेकअपको क्लास ७ दिनको हुनेछ भने प्रोफेसनलको क्लास १५ दिनको हुनेछ । स्किन केयर, न्युड मेकअप, हलो आइज, स्मोकी आइज, ग्ल्याम मेकअप, हाफ कट क्रिज लगायत सेल्फ मेकअपमा सिकाउने उनले जानकारी दिइन् । प्रोफेसनल मेकअप क्लासमा सेल्फ मेकअपका प्याकेज लगायत नेपाली, इण्डियन तथा क्रिस्चियन ब्राइडल मेकअप, हेभी ग्ल्याम अप, क्रियटिभ मेकअप, पार्टी हेयर, ब्राइडल हेयर लगायतका क्लास सञ्चालन हुने मेकअप घिमिरेले जानकारी दिइन् ।

‘क्लास दैनिक ४ सिफ्टमा सञ्चालन हुनेछ,’ उनले भनिन्, ‘मेकअफ सिक्न चाहनेहरुका लागि र यसलाई फ्रोफेसनको रुपमा अगाडि बढाउन चाहनेको लागि यो राम्रो अवसर हो ।’ घिमिरेले काठमाडौंमा रहेको माई संगालो स्टुडियोबाट मेकअप सम्वन्धी क्लास लिएकी हुन् । उनले काठमाडौंमा पनि विभिन्न क्लास दिइसकेकी छन् ।

खाली समयको सदुपयोग गर्दै काममा पनि दक्ष भइने र अरुलाई पनि सीप सिकाउने उद्देश्यले विभिन्न अफर तथा प्याकेजमा क्लास संचालन गर्न लागेको उनको भनाई छ ।

lcci
You might also like

Comments are closed.