मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न वाग्मती र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न वाग्मती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ । प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो ।

पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको सो मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने गरी भएको सोसम्झौताका आधारमा युरिया मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने मन्त्री हुमागाईंले जानकरी दिए।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...