काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार ओपेरा बैंक्युट बालुवाटारमा संस्थाका अध्यक्ष जनक धामीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।
सहकारीका सञ्चालकहरुमा सफल उद्यमीहरु रहेकाले र वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरु व्यवस्थापन समूहमा रहेकाले मालिका सहकारीले उत्कृष्ट पहिचान बनाउन र सेयर सदस्यहरुको विश्वास जित्न सफल रहेको अध्यक्ष धामीले बताए । उक्त अवसरमा सहकारीको आगामी योजनासमेत सार्वजनिक गरिएको छ ।
लगानीलाई विविधीकरण गर्न आफूहरु सफल रहेको अध्यक्ष धामीले बताए । सहकारीले कोरोनाको महामारीको समयमा पनि राम्रो कारोबार गर्न सफल रहेको उनले बताए । सहकारमिा १ हजार २ सय सदस्य आबद्ध छन् ।
‘सेयर सदस्यहरुको भावनालाई समेटेर सहकारीले वित्तीय कारोबार गर्दै आइरहेको छ,’ धामीले भने ।
Comments are closed.