मालिका सहकारीमा पुनः धामी

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको अध्यक्षमा जनकबहादुर धामी पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १४औं वार्षिक साधारणसभाबाट धामीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

सहकारीको उपाध्यक्षमा ईश्वरगोपाल श्रेष्ठ, सचिवमा लिलबहादुर खड्का, कोषाध्यक्षमा सन्तोष ढुंगेल तथा सदस्यमा रिना महर्जन, अनामिका शाही, मनोज कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारामानसिंह धामी तथा सदस्यमा निशा प्रधान र सुधा रिजाल निर्वाचित भएका छन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रशासन तथा सहकारी महाशाखा प्रमुख लिलाप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु रामहिरा पाठक, विकास श्रेष्ठ, गोकर्ण ढकाल र सञ्जयकुमार शाह सहकारीको साधारणसभाका अवसरमा सम्मानित भएका छन् ।

jutta mela

मालिका एजुकेशन एक्सेलेन्ट अवार्डबाट संस्थाका सेयर सदस्य निशा प्रधानकी छोरी आर्या प्रधान पुरस्कृत भएकी छन् । उनले सेयर सदस्यका छोराछोरी मध्यबाट गत वर्षको एसईई परीक्षाका सर्वोत्कृष्ट नम्बर ल्याएकी थिइन् । उत्कृष्ट काम गर्ने कर्मचारीहरु रोजी श्रेष्ठ र बिना नेपाल सम्मानित भएका छन् ।

मुख्य कार्यालय कुलेश्वरमा रहेको सहकारीको सेवा केन्द्रहरु सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा १ हजार २ सय २३ जना सेयर सदस्य आवद्ध रहेको महाप्रवन्धक जनकबहादुर धामीले जानकारी दिए । संस्थाका उपाध्यक्ष ईश्वर गोपाल श्रेष्ठको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.