मालिका सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको डिल्लिबजारस्थित नेपाल सांस्कृतिक संघको हलमा साधारणसभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष जनक धामीको अध्यक्षतामा आयोजित साधारणसभाले गत वर्षको वित्तीय विवरण सर्वसम्मत पारित गरेको छ । संस्थाको शेयर पूँजी ११ करोड २४ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधीमा १० करोड ६३ लाख ८९ हजार रुपैयाँ थियो ।
सहकारीको जगेडा कोष आ.ब २०७८/७९ मा २ करोड ६७ लाख ८९ हजार रुपैयाँ रहेकोमा आ.ब २०७९/८० मा सो कोष बढेर ३ करोड ७ लाख ४६ हजार रुपैयाँ पुगेको अध्यक्ष धामीले जानकारी दिए । अन्य कोषमा ६० लाख रुपैयाँ पुगेको छ । ‘हामीले कोषहरु बलियो बनाउँदै लगेका छौं,’ उनले भने । यो आ.व.मा निस्कृय कर्जाको अंश ०.७५ प्रतिशत मात्रै रहेको उनले जानकारी दिए ।

संस्थाको निक्षेप आ.ब २०७८/७९ मा ५१ करोड ४८ लाख ४० हजार रहेकोमा आ.ब २०७९/८० मा सो निक्षपमा कमी आई २३ करोड ७६ लाख ४४ हजार रुपैयाँमा झरेको छ । चालु आबको पुस मसान्तसम्मको निक्षेप तर्फ २० करोड ६४ लाख ६४हजार रुपैयाँ छ ।

jutta mela

संस्थाले राष्ट्रिय सहकारी बैंकबाट सापटी लिई शेयर सदस्यहरुलाई लगानी गरिरहेको छ । आ.व. २०७८/७९ मा ११ करोड ८० लाख ७२ हजार रुपैयाँ सापटी लिएकोमा आ.व.२०७९/८० मा सो सापटी रकम घटाई १० करोड २१ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो पुस मसान्तसम्म ७ करोड ४५ लाख ९८ हजार रुपैयाँमा झरेको अध्यक्ष धामीले जानकारी दिए ।

आ.ब २०७८/७९ मा संस्थाको कूल कर्जा लगानी ६६ करोड २० लाख ५६ हजार रुपैयाँ थियो । आ.ब २०७९/८० मा कर्जा लगानी ४६ करोड ४२ लाख ७ हजार रुपैयाँ रह्यो । यो पुस मसान्तसम्मको कर्जा लगानी ३९ करोड ४८ लाख ३२ हजार छ ।

आ.ब २०७/७९ मा संस्थाको खुद मुनाफा १ करोड ४ लाख रुपैयाँ थियो । आ.ब २०७९/८० मा रु. ४६ लाख ७८ हजार रुपैयाँ नाफा गर्न सहकारी सफल भएको छ । आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा सहकारीप्रति आम मानिसहरुमा बढ्दै गएको नकारात्मक भावनाका बीच पनि मालिक सहकारीले राम्रो प्रगति गर्दैै गइरहेको अध्यक्ष धामीले बताए । ‘हामी सुशासनमा चलिरहेका छौं,’ उनले भने, ‘हामीलाई आम शेयरधनी तथा बचतकर्ताहरुले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई सम्मान गर्दै सहकारीलाई थप प्रगतिपथमा अगाडि बढाउँछौं ।’

You might also like

Comments are closed.