मनकामना केबुलकार २४औं वर्षमा प्रवेश, केबुलकार स्तरउन्नति हुँदै, रिसोर्टको तयारी

काठमाडौं । चितवन कोई समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि.द्वारा संचालित नेपालकै पहिलो मनकामना केबुलकार सञ्चालनको २३वर्ष पुरा भएको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकार सञ्चालनमा आएको थियो ।

केबुलकारबाट हालसम्म १ करोड ६० लाख यात्रुले सेवा लिन सफल भएको प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । केबुरकार सञ्चालन पश्चात् मनकामना क्षेत्र र त्यस आसपासका क्षेत्रमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ ।

केबुलकार सेवा पश्चात् सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामु समेत मनकामनाको ख्याति प्रचार प्रसार भएको प्रालिले जनाएको छ । अष्ट्रियाको Doppelmayr कम्पनीको प्रविधिबाट संचालित केबुलकारबाट विश्वस्तरीय सेवा प्रदान हुँदै आइरहेको श्रेष्ठले बताए ।

jutta mela

प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम् प्रविधिको विकास भइरहेको र मर्मत सम्भार खर्च समेत अत्याधिक भइरहेको र स्पेयर पार्टस पाउन समेत केही वर्षभित्र कठिनाई आउन सक्ने अनुमानसहित यही आर्थिक वर्षबाट केबुलकारको प्रविधिसमेत स्तरउन्नति गरिने श्रेष्ठले जानकारी दिए । हाल रहेको एनालग सिस्टमलाई ३ चरणमा गरी डिजिटल प्रविधिमा स्तरउन्नति गरिने बताइएको छ ।

मनकामनामा स्तरीय रिसोर्ट

यसैगरी मनकामना केबुलकार प्रालि अन्तर्गत होटल सञ्चालनमा आउने भएको छ । केबुलकारको टप स्टेसनसँगै ९ रोपनी जग्गामा सुविधासम्पन्न होटल सञ्चालनमा आउने श्रेष्ठले जानकारी दिए । होटलमा ४० कोठा हुनेछन् ।

You might also like

Comments are closed.