काठमाडौं । कोभिड–१९ को कारणले बन्द भएको मनकामना केबलकार भदौ २० गते आइतबारबाट सञ्चालनमा आउने भएको छ । केबलकारसहित रेष्टुरेन्ट लगायतका सेवा सञ्चालनमा आउने निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सेवा पुनः सुचारु गर्न लागिएको उनले बताए । मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गोर्खाको निर्णय अनुसार नै केबलकार पनि सञ्चालनमा आउन लागेको हो ।
सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिन पनि प्रालिले आग्रह गरेको छ । कोभिड जोखिमलाई मध्यनजर गर्दैै केबलकारको टिकट अनलाइन प्रणालीबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । इसेवा, खल्ती र फोन पेबाट टिकट खरिद गर्न सकिन्छ ।







Comments are closed.