‘लर्न विथ फन’को पर्याय मनास्लु वर्ल्ड कलेज

काठमाडौंमा रहेका सयौं कलेजका भीडमा मनास्लु वर्ल्ड कलेज छुट्टै पहिचान र चर्चा बोकेको कलेज हो । सयौं कलेजबीचमा औंलाको गन्तीको कलेजमा अटाउनुको कारण अरु केही नभएर शिक्षामा कलेजले प्रदान गरेको गुणस्तरीयता हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकै कारण अहिले अधिकांश विद्यार्थी र अभिभावकले मनास्लु वर्ल्ड कलेज रोज्ने गरेका छन् । स्थापनाको छोटो समय नै कलेज विद्यार्थी तथा अभिभावकको बीचमा लोकप्रिय बन्न सफल भएको छ ।

‘मनास्लु वर्ल्ड कलेज स्थापना गर्दा धेरै समस्या थिए, ’ कलेजका अध्यक्ष गेन्द्र लामा सम्झन्छन्, ‘यो क्षेत्रमा अलि पृथक तरिकाको कलेज स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि तयारी गरिरह्यौं, त्यसै अनुसार सफल पनि भयौं ।’ अप्ठारा चुनौतीका पहाडलाई छिचोल्दै आफ्नो सफल गन्तव्यसम्म आइपुग्न सफल भएको उनको भनाइ छ ।

कलेजमा अहिले धेरैभन्दा धेरै विद्यार्थी तथा अभिभावक भिजिट र इन्क्वायरीका लागि आउने गरेका छन् । कलेजले साइन्स, म्यानेजमेन्ट, ह्यूमानिटी र ल फ्याकल्टीजमा अध्यापन गराइरहेको अध्यक्ष लामाले बताए । कलेजले विद्यार्थीको रुची , इच्छा अनि चाहनाअनुसार सिकाई क्रियाकलापगराउने र विद्यार्थी खुसी हुने गरेको लामाले बताए ।

मनास्लुमा शान्त तथा पारिवारिक वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाँउछन् । जसका कारण धेरै विद्यार्थी मनास्लुतर्फ आकर्षित भइरहेका छन् । ‘लर्न विथ फन’ भन्ने स्लोगनलाई व्यवहारमा उतारिरहेको लामाले बताए। कुनै पनि दबाबविना स्वतःस्फुर्तरूपमा सिक्ने र सिकाउने प्रक्रिया कलेजले अगाडि बढाएको छ ।

आफू भित्र लुकेको प्रतिभालाई आफ्नो करियर बनाउन चाहन्छु भन्नेहरूका लागि मनास्लु वल्र्ड कलेज एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अगाडि बढिरहेको उनको भनाइ छ । ‘त्यसैले अहिलेका विद्यार्थीको मर्म र भावनालाई बुझेर कलेजले त्यही किसिमले अध्यापन गराइरहेको छ,’ उनले भने,त्यस्तै मनास्लु वल्र्ड कलेजले खेलतर्फ विशेषगरी फुटबल, बास्केट बल, टेवल टेसिन, ब्याडमिन्टनका साथै डान्सिङ र सिङ्गिङलाई अझ बढी फोकस गरेर हामी अगाडि बढिरहेको छ ।’

विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि कलेजले गरेको छ । जस्तोः कुनै विद्यार्थीले एसईईमा स्कोर गरिएको जीपीएको आधारमा, इन्ट्रान्स परीक्षामा प्राप्त गरेको नम्बरको आधारमा, विद्यार्थीमा भएको कुनै पनि किसिमको लुकेको कलाको आधारमा, विभिन्न दुर्गम भेगबाट आएका विद्यार्थीलाई क्याटागोराइज गराएर कुन विद्यार्थी कुन क्याटेगोरीमा पर्दछ, त्यसको आधारमा कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।
मनास्लु वल्र्ड कलेज एउटा कर्पोरेट हाउसअन्तर्गत सञ्चालित कलेज हो । अहिले ब्याचलरमा बीबीएस प्रोग्राम चलिरहेको छ । चाँडै नै ब्याचलरका अन्य प्रोग्राम र विद्यार्थीका मागलाई मध्यनजर गर्दै मास्टर्सका अन्य प्रोग्राम पनि संचालन गर्ने तयारी रहेको लामाले बताए ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.