छोटो समयमा सबैको रोजाइमा पर्न सफल मनास्लु वर्ल्ड कलेज

जेहेन्दार विद्यार्थीलाई छुटदेखि रोजगार दिनेसम्मका सुविधा

काठमाडौं । काठमाडौं- ७ चावहिल चुच्चेपार्टीमा रहेको मनास्लु वर्ल्ड कलेजले पीएचडीको कोर्ष पढाउने योजना बनाएको छ । कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले उक्त कुराको जानकारी दिएका हुन् । अन्य कलेजभन्दा फरक विशेषता बोकेको मनास्लु कलेजमा आउने जोसुकै विद्यार्थी यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेको निर्देशक श्रेष्ठले बताए ।

‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने, ‘हामीले अरु क्याम्पससँग प्रतिस्पर्धा गर्ने सोच बनाएका होइनौं, आफ्नै मिहिनेत र लगनशीलताबाट क्याम्पसलाई यहाँसम्म ल्याएका छौं, उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने हाम्रो लक्ष्य हो ।’

प्रशस्तै पुस्तक र सुविधा सम्पन्न लाइब्रेरी, साइन्स ल्याव कलेजको मुख्य विशेषता हो । अंग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ।
नेपालसहित विश्व जगतमा कोरोना संक्रमण फैलिएको समयमा यो कलेजको स्थापना भएको थियो । जुन कुरा आफैमा चुनौतीपूर्ण थियो । चुनौतीपूर्ण माहोलका बीच स्थापना भएको कलेजले अहिले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेको छ ।

के छन् कलेजका सुविधा ?
मनास्लु कलेजले कक्षा ११ मा सुरुमा भर्ना हुने १ सय जनालाई ५० प्रतिशत निःशुल्क सुविधा दिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले एसईईको परीक्षाफल नआए पनि विद्यार्थीहरु काउन्सिलका लागि कलेजमा आउँदै गरेको स्पष्ट पारेका छन्।

अध्ययनका साथै कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उति नै ध्यान दिएको छ । राम्रो खेलाडी, गायक, नृत्यकारका साथै कुनै नकुनै विधामा सक्रिय विद्यार्थीलाई पनि कलेजले विशेष प्रकारको सहुलियत दिएको छ । मनास्लु टिमले केही समयमै सहकारी, ट्राभल, कन्सल्टेन्सीसँगै होमस्टे पनि सञ्चालन गर्ने तयारी गरेको छ । प्रवेश परीक्षामा उत्कृष्ट हुने, एसईईमा जिल्लामै उत्कृष्ट विद्यार्थीलाई पनि कलेजले सहुलियत दिएको छ ।

कलेजले यस वर्ष तेश्रो व्याचका लागि विद्यार्थी भर्ना लिइरहेको छ । सुरुकै वर्षमा सोचेअनुसार विद्यार्थी भर्ना भएकोमा कलेज झन् उत्साहित बनेको छ । पहिलो वर्ष नै ४ सय विद्यार्थी भर्ना भएका थिए । अहिले स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् ।

कलेजमा अध्ययन हुने विषय
मनास्लु कलेजमा हाल प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएसडब्लु, बीबीए, बीएचएम् र एमबीए पनि थप गर्ने योजना बनाएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले केही समयमै यिसहित अन्य विषय थप गर्दै जाने बताए ।

कलेजले विदेशका विश्वविद्यालयसँग पनि समन्वय गर्दै नयाँ कोर्ष ल्याउने योजना गरेको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएपछि नेपाल र विदेशी विश्वविद्यालयसँग सांस्कृतिक आदानप्रदान गर्ने तयारी छ ।

उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारी
२०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित मनास्लु कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारीको व्यवस्थापन पनि गरिदिएको छ । कलेजले दिएको सुविधाका आधारमा स्वभाविक शुल्क भएको क्याम्पसले जनाएको छ ।

कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै विद्यार्थीले आफ्नो ज्ञानअनुसारको रोजगारी गर्न इच्छा देखाएको खण्डमा त्यसका लागि कलेजले समन्वय गरिदिने गरेको बताए ।

धेरै विद्यार्थीले यसरी रोजगारी पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थप बढ्दै गएको बताउँदै अध्यक्ष लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढिरहेको बताए ।

lcci
You might also like

Comments are closed.