शैक्षिक गुणस्तरमा अग्रणी पहिचान बनाउन सफल ‘मनास्लु’

काठमाडौं । काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा सञ्चालनमा रहेको मनास्लु वर्ल्ड कलेज छोटो समयमा लोकप्रिय बन्न सफल भएको छ । शिक्षा क्षेत्रमा अनुभव संगालेका युवाहरुको नेतृत्वमा कलेज सञ्चालन भइरहेको छ । कलेजको अध्यक्षमा गेन्द्र लामा छन् भने प्रिन्सिपलको जिम्मेवारीमा राजन श्रेष्ठ छन् । अन्य विभागीय प्रमुख तथा प्रशासन व्यवस्थापनमा पनि युवाहरुको वर्चश्व छ । फरक सोच र रचनात्मक कार्यशैलीका कारण मनास्लुले शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल छ । विद्यार्थी र अभिभावकको विश्वास जितेकै कारण एसईई उत्तीर्ण विद्यार्थीहरु मनास्लुमा भर्ना हुन लालायीत हुने गर्दछन् ।

काठमाडौंमा रहेका सयौं कलेजका भीडमा मनास्लु वर्ल्ड कलेज छुट्टै पहिचान र चर्चा बोकेको कलेज हो । सयौं कलेजबीचमा औंलाको गन्तीको कलेजमा अटाउनुको कारण अरु केही नभएर शिक्षामा कलेजले प्रदान गरेको गुणस्तरीयता हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकै कारण अहिले अधिकांश विद्यार्थी र अभिभावकले मनास्लु वर्ल्ड कलेज रोज्ने गरेका छन् ।

‘मनास्लु वर्ल्ड कलेज स्थापना गर्दा धेरै समस्या थिए,’ कलेजका अध्यक्ष गेन्द्र लामा सम्झन्छन्, ‘यो क्षेत्रमा अलि पृथक तरिकाको कलेज स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि तयारी गरिरह्यौं, त्यसै अनुसार सफल पनि भयौं ।’ अप्ठारा चुनौतीका पहाडलाई छिचोल्दै आफ्नो सफल गन्तव्यसम्म आइपुग्न सफल भएको उनको भनाइ छ । ‘हामीले विद्यार्थीको भावना बुझेर उनीहरुको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न सफल भएका छौं,’ उनले भने ।

कलेजमा अहिले धेरैभन्दा धेरै विद्यार्थी तथा अभिभावक भिजिट र इन्क्वायरीका लागि आउने गरेका छन् । कलेजले साइन्स, म्यानेजमेन्ट, ह्यूमानिटिज र ल फ्याकल्टीजमा अध्यापन गराइरहेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । कलेजले विद्यार्थीको रुची, इच्छा अनि चाहनाअनुसार सिकाई क्रियाकलाप गराउने र विद्यार्थी खुसी हुने गरेको उनले बताए ।

शान्त र पारिवारिक वातावरणमा अध्ययन

मनास्लुमा शान्त तथा पारिवारिक वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाँउछन् । जसका कारण धेरै विद्यार्थी मनास्लुतर्फ आकर्षित भइरहेका छन् । ‘लर्न विथ फन’ भन्ने स्लोगनलाई व्यवहारमा उतारेर पठन पाठनको व्यवस्था गरिएको अध्यक्ष लामा बताउँछन् । ‘कुनै पनि दबाबविना स्वतःस्फुर्त रूपमा सिक्ने र सिकाउने प्रक्रिया कलेजले अगाडि बढाएको छ,’ उनले भने ।

आफू भित्र लुकेको प्रतिभालाई आफ्नो करियर बनाउन चाहन्छु भन्नेहरूका लागि मनास्लु वर्ल्ड कलेज एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अगाडि बढिरहेको उनको भनाइ छ । ‘त्यसैले अहिलेका विद्यार्थीको मर्म र भावनालाई बुझेर कलेजले त्यही किसिमले अध्यापन गराइरहेको छ,’ उनले भने ।

खेलकुदलाई प्राथमिकता

मनास्लु वल्र्ड कलेजले खेलतर्फ विशेषगरी फुटबल, बास्केट बल, टेवल टेसिन, ब्याडमिन्टनका साथै डान्सिङ र सिङ्गिङलाई अझ बढी फोकस गरेर अगाडि बढिरहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

यहाँका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका छन् । विभिन्न संघसंस्थाले आयोजना गर्ने विविध प्रतियोगितामा यहाँबाट सहभागी विद्यार्थीहरु कहिले बिजेता बन्छन् त कहिले उत्कृष्ट फरफमेन्ससहित मनास्लुको पहिचानलाई स्थापित गराउँछन् । ‘हामीले विद्यार्थीहरुको क्षमतालाई पहिचान गरी उनीहरुको क्षमता अनुसारका खेल गतिविधिमा लाग्नका लागि प्रोत्साहन गर्छौं,’ प्रिन्सिपल श्रेष्ठले भने ।

छात्रबृत्तीको सुविधा

jutta mela

विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि कलेजले गरेको छ । जस्तोः कुनै विद्यार्थीले एसईईमा स्कोर गरिएको जीपीएको आधारमा, इन्ट्रान्स परीक्षामा प्राप्त गरेको नम्बरको आधारमा, विद्यार्थीमा भएको कुनै पनि किसिमको लुकेको कलाको आधारमा, विभिन्न दुर्गम भेगबाट आएका विद्यार्थीलाई क्याटागोराइज गराएर कुन विद्यार्थी कुन क्याटेगोरीमा पर्दछ, त्यसको आधारमा कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

२५ वर्षको लिगेसी

शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल मनास्लु वर्ल्ड स्कुल÷कलेजले स्थापनाको २५ वर्ष पुरा गरिसकेको छ । गत फागुन १५ गते २५औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित कलेजले मनाइसकेको छ । कलेजमा लामो समयदेखि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुको लगानी छ ।

बिगतमा प्राक्सिस इन्टरनेशनल एकेडेमी नामबाट स्कुल सञ्चालनमा रहेकोमा हाल मनास्लु नामबाटै सञ्चालनमा छ । स्कुल २५ वर्ष अगाडिबाट सञ्चालनमा रहेपनि विद्यार्थीहरुको आवश्यकता र माग अनुसार कलेज २०२०बाट सञ्चालनमा ल्याइएको अध्यक्ष लामा बताउँछन् ।

आइएसओ सर्टिफाइड कलेज

मनास्लु वर्ल्ड कलेजले आइएसओ सर्टिफाइड प्रमाणपत्र प्राप्त गरेको छ । रजत जयन्तीको अवसरमा कलेजलाई क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। मनास्लु वर्ल्ड कलेज एउटा कर्पोरेट हाउसअन्तर्गत सञ्चालित कलेज हो ।

गेन्द्र लामा, अध्यक्ष, मनास्लु वर्ल्ड कलेज

कलेजका अध्यक्ष गेन्द्र लामाले देशभरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिदै प्लस टुको उत्कृष्ट गन्तव्य छनोट गर्न आग्रह गर्छन् । उत्कृष्ट कलेजका छनोटमा रहेका विद्यार्थीले मनास्लुमा आएर परामर्श लिन सक्ने उनको भनाइ छ ।

‘मनास्लुले अहिलेसम्म गरेका गतिविधि र शैक्षिक प्रगतिलाई नजिकबाट विद्यार्थी तथा अभिभावकले नियाल्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘कलेजको भौतिक पूर्वाधारको अवलोकन गर्दै यहाँको करिकुलम र एक्स्ट्रा एक्टिभिटिज करिकुलम बुझेर मन परेमा प्लस टुको साथी मनास्लुलाई बनाउन सक्नुहुन्छ ।

राजन श्रेष्ठ, प्रिन्सिपल, मनास्लु वर्ल्ड कलेज

कलेजका प्रिन्सिपल राजन श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीले आफ्नो रोजाई अनुसारको कलेज छनोट गरी प्लस टुको शिक्षालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने बताउँछन् । विद्यार्थीले मनास्लुमा भिजिट गरेर समयमा नै आफ्नो सिट सुरक्षित गर्न सक्ने उनको भनाइ छ । ‘उत्कृष्ट शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि मनास्लु एउटा महत्वपूर्ण गन्तव्य हो भन्ने हामीले स्थापित गरिसकेका छौं,’ उनले भने, ‘सुनिश्चित भविश्य तथा लिडरसिपमा फड्को मार्नका लागि मनास्लुमा आउनका लागि विद्यार्थीलाई आग्रह गर्दछु ।’

You might also like

Comments are closed.