मनास्लु वर्ल्ड कलेजद्वारा विभिन्न सम्मान प्रदान

काठमाडौं । काठमाडौंको चाबहिल चुच्चेपाटिमा अबस्थित मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।

मनास्लुले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजिन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । विगतका वर्षहरुमा जस्तै मनास्लुले आप्mनो उत्कृष्ट १० विद्यार्थीहरुलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरेको होे र आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी सम्मान २०८० पत्रकार जगदीश खरेललाई, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरि उड्डयनमन्त्री सुदन किराँती, कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

सम्मानितहरु मध्ये सञ्चारकर्मी जगदीश खरेलले समग्रमा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले भने नेपालको भविष्य उपस्थित विध्यार्थीहरुमा देखेको सुनाए । पछिल्लो पुस्तामा देशमा केही हुन्न भन्ने सोच व्याप्त रहेको र हरियो राहादानीले विश्वभर खेपिरहेको अपमान आफुले प्रत्यक्ष देखेको बताए ।

कार्यक्रममा मनास्लु कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधाहरु, मनास्लु एकाडेमिक अचिभमेन्ट अवार्ड, मनास्लु लिडरसिप अवार्ड, आर्टफुल्लि क्रियटिभ अवार्ड लगायतका विधाहरुले सम्मान गरिएको थियो । कक्षा ११ को बोर्ड परिक्षाको नतिजाको आधारमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल संकायका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै कक्षा १२ को पनि बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसर पारेर मनास्लु वल्र्ड कलेजमा अध्यापनरत विद्यार्थीहरुलाई मनास्लु आईडल २०८०, मनास्लु डान्सिङ स्टार २०८० र मिस्टर एण्ड मिस मनास्लु २०८० लगायतका विभिन्न कार्यक्रमहरुको ग्राण्ड फिनालेको समेत आयोजना गरिएको थियो । विगतमाझैं मनास्लुले आफ्ना विद्यार्थीहरुलाई कक्षाकोठाको सिकाईबाहेक विभिन्न विधाहरुमा अतिरिक्त शिक्षालाई समेत जोड दिइएको पाइन्छ ।

मनास्लु आईडल २०८०मा यसै कलेजमा अध्ययनरत विद्यार्थी अरुणलामाले टाईटल जितेको थिए जसमा निर्णाय भुमिकामा वरिष्ठ गायिका कुन्ति मोक्तान र सुवानी मोक्तान थिए । कोरियोग्राफर तथा निर्णायकद्धय महेश गोदार र गजित बिष्टले गरेको निर्णायानुसार मनास्लु डान्सिङ स्टार २०८०को टाइटल सुष्मिता सुनारले पाएका थिए । मिस्टर एण्ड मिस मनास्लु २०८०मा भने मिस्टर मनास्लु २०८०को ताज दावा छिरिङ भोटे र मिस मनास्लुको ताज स्यारुन वाइबा तामाङले जितेका थिए ।

कार्यक्रमकै अवसर पारेर मनास्लु वल्र्ड कलेजमा अध्यापनरत शिक्षकहरु मध्य कार्यसम्पादनको अधारमा उत्कृष्ट ६ जना शिक्षक शिक्षिका तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

 

You might also like

Comments are closed.