एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मनास्लुले गर्यो सम्मान

काठमाडौं । उत्कृष्ट जिपिएसहित एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मनाल्सु वर्ल्ड कलेजले सम्मान गरेको छ । कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतिमा बुधबार ‘एसइई सम्मान’ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ३ सय भन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको कलेजले जनाएको छ । कार्यक्रममा काठमाडौं तथा आसपासका विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीसहित स्कुल सञ्चालक तथा शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति थियो । एसईईमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई उत्साह प्रदान गर्दै आगामी शैक्षिक यात्रा अझै सफल बनाउनका लागि प्रोत्साहन गर्ने उद्देश्यले कलेजले वर्षेनी सम्मान कार्यक्रम आयोजना गरिरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।

‘मनास्लुले अन्तर्राष्ट्रियस्तरको शिक्षामा नेपालमै प्रदान गरिरहेको छ । हामीले सधैं विद्यार्थीलाई राम्रो शिक्षाका लागि प्रोत्साहन गर्दै आइरहेका छौं,’ उनले भने । ‘एसईई पछिको गुणस्तरीय शिक्षाको गन्तव्य मनास्लु बन्नसक्ने उनको भनाइ छ ।

सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित अनुभवी तथा क्षमतावान व्यवस्थापन टिमले कलेज सञ्चालन गरिरहेकाले अभिभावक तथा विद्यार्थीको विश्वास आफूहरुले जित्न सफल भएको अध्यक्ष लामाले बताए । ‘उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई कलेजले विशेष छात्रबृत्तीको व्यवस्थासमेत गरेको छ,’ उनले भने । कलेजले साइन्स, म्यानेजमेन्ट, ह्यूमानिटिज र ल फ्याकल्टीजमा अध्यापन गराइरहेको छ ।

मनास्लु कलेजबारे थप जान्नका लागि यो समाचार पढ्नुहोस् ।

शैक्षिक गुणस्तरमा अग्रणी पहिचान बनाउन सफल ‘मनास्लु’

You might also like

Comments are closed.