काठमाडौं । मनास्लु वर्ल्ड कलेज, चुच्चेपाटी चाबहिलले ‘कलेज एम्बासडर’ नियुक्त गरेको छ । शैक्षिक सत्र २०८२/८३ का लागि एक कार्यक्रमबीच कलेज एम्बासडर नियुक्त गरिएको हो ।
‘मिस्टर एण्ड मिस मनास्लु २०८१’ का विजेता अस्विन गुरुङ र रोशिन ढकाल कलेज एम्बासडरमा नियुक्त भएका छन् । कलेजका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल राजन श्रेष्ठ, फाइनान्स डाइरेक्टर मिन कुमार मोक्तान लगायतको उपस्थितिमा उनीहरुलाई एम्बास्डर नियुक्ती गरिएको हो ।
कलेजले नेतृत्व विकासका विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । मिस्टर एण्ड मिस मनास्लुले पनि विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको र बिजेताहरु कलेजको एम्बासडर नियुक्त भएको अध्यक्ष लामाले बताए ।
कलेजले विद्यार्थीलाई शैक्षिक, व्यवहारिक र व्यावसायिक सिपमा सक्षम बनाउने तालिमहरू सञ्चालन गर्दै आएको प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् । नयाँ एम्बासडरहरूले डिजिटल तथा भौतिक कार्यक्रमहरूमा कलेज प्रतिनिधित्व गर्नेछन् । यो अभ्यासले आत्मविश्वास र सामाजिक उत्तरदायित्व वृद्धि गर्ने विश्वास कलेजले लिएको छ ।
कलेजले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको अध्यक्ष लामाले बताए । कलेजले प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ल र हुमानिटिजको पठनपाठन गराउँदै आइरहेको छ ।
Comments are closed.