विद्यार्थीको समग्र विकासमा अग्रणीः मनास्लु वर्ल्ड कलेज

काठमाडौंको चावहिलस्थित चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका युवाहरुको नेतृत्वमा यो कलेज सञ्चालन भइरहेको छ । संचालनको छोटो समयमा नै उत्कृष्ट कलेजमा दर्ज हुन सफल भएको छ मनास्लु वर्ल्ड कलेज ।

शान्त तथा पारिवारिक वातावरणमा अध्यापन हुने कलेजले विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सीमित नराखी विद्यार्थीको व्यक्तिगत, व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा जोड दिदै आएको छ । कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकद्वारा अध्यापन हुँदै आएको छ । विद्यार्थीलाई जिम्मेवार, आत्मविश्वासी तथा सक्षम बनाउन कलेजको महत्वपूर्ण भूमिका स्थापित भएको छ । द्रुत गतिमा परिवर्तनशील विश्वमा सफल हुन विद्यार्थीलाई सशक्त बनाउँदै शैक्षिक उत्कृष्टता, व्यक्तिगत निष्ठा र जीवनभर सिकाइलाई प्रेरित गर्ने गुणस्तरीय शिक्षा कलेजले प्रदान गर्दै आइरेको कार्यकारी अध्यक्ष गेन्द्र लामा बताउँछन् ।

औपचारिक शिक्षामा मात्र जोड नदिई विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटनका लागि पनि कलेजले विभिन्न कार्यक्रम गर्दै आएको लामाले जानकारी दिए । ‘नैतिकवान, चरित्रवान तथा अनुशासित बन्न हामी निरन्तर विद्यार्थीलाई प्रेरित गर्छौं,’ उनले भने, ‘हाम्रो कलजेमा अध्ययन गर्ने विद्यार्थी अनुशासित हुन्छन् र आफ्नो जिम्मेवारीप्रति बफादार हुन्छन् ।’ जीवनमा उत्कृष्ट बन्नका लागि विद्यार्थीलाई कलेजले अभिप्रेरित गर्दै आइरहेको अध्यक्ष लामाले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको प्रिन्स्पिल तथा प्रवन्ध निर्देशक राजन श्रेष्ठले बताए । ‘विद्यार्थीलाई सामाजिक वातावरणमा घुलमिल हुन प्रोत्साहन गर्नुका साथै जवाफदेही बनाउँदै उत्कृष्ट नागरिक बन्नका लागि हामीले प्रेरणा प्रदान गर्दै आइरहेको छौं,’ उनले भने । कलेजले विश्वव्यापी परिप्रेक्ष्यमा सीपमा आधारित सिकाई प्रदान गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्दै आइरहेको यस कलेजका विद्यार्थी हरेक क्षेत्रमा उत्कृट बनेका उदाहरण छन् । ‘यहाँ अध्ययन गरेका विद्यार्थीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छन्,’ श्रेष्ठले भने, ‘औपचारिक शिक्षासँगै विद्यार्थीका रुची अनुसारका अन्य गतिविधिमा पनि हामीले प्रतिस्पर्धी बनाउँदै आइरहेका छौं ।’

विद्यार्थीका अन्तरनिहित क्षमता प्रस्फुटन तथा पहिचानका लागि तथा विद्यार्थीको शैक्षिकसँगै अन्य व्यक्तित्व विकासको लागि विभिन्न कार्यक्रम कलेजमा हुने गरेका छन् । कलेजले खेलकुदका गतिविधिलाई पनि विशेष प्राथमिकतामा राख्ने गरेको छ । विद्यार्थीका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था पनि कलेजमा रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

कलेजमा प्लस टुतर्फ साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल फ्याकल्टी र ब्याचलरतर्फ विविएसमा अध्यापन हुँदै आएको छ । भौतिक रुपमा सुविधा सम्पन्न कलेजमा डिजिटल कक्षाकोठा, कम्प्युटर ल्याब, इ लाइब्रेरी, रिसोर्स सेन्टर, साइन्स ल्याब लगायतका सुविधा छन् । स्वच्छ तथा स्वस्थ खाजा तथा खानाको लागि क्यान्टिन पनि छ ।

बिगतमा प्राक्सिस इन्टरनेशनल एकेडेमी नामबाट स्कुल सञ्चालनमा रहेकोमा हाल मनास्लु नामबाटै विद्यालय सञ्चालनमा छ । स्कुल २६ वर्ष अगाडिबाट सञ्चालनमा रहेपनि विद्यार्थीको आवश्यकता र माग अनुसार कलेज सन् २०२०बाट सञ्चालनमा ल्याइएको हो । ‘कलेज स्थापनाको छोटो समयमा मनास्लुले उत्कृष्ट पहिचान बनाउन सफल हुनुमा विद्यार्थी तथा अभिभावकबाट प्राप्त माया नै हो,’ अध्यक्ष लामा भन्छन्, ‘विद्यार्थी र अभिभावकबाट प्राप्त माया र विश्वासलाई हामीले गुणस्तरीय शिक्षामार्फत थप बलियो बनाउन सफल भएका छौं ।’

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.