राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेसँगै विद्यार्थी नयाँ शैक्षिक गन्तव्यको खोजीमा छन् । उच्च शिक्षाका लागि कुन कलेज छनौट गर्ने भनेर दुबिधामा परेका विद्यार्थीका लागि शैक्षिक क्षेत्रमा नयाँ उचाई बनाउन सफल कलेज हो, मनास्लु वर्ल्ड कलेज । काठमाडौंको चावहिलस्थित चुच्चेपाटीमा अवस्थित यस कलेज काठमाडौं उपत्यकाको उत्कृष्ट कलेजको सूचीमा पर्न सफल छ । बौद्धिक शैक्षिक जनशक्ति, कुशल प्रशासक, कलेजप्रति विद्यार्थी र अभिभावकले गरेको विश्वास, माया र साथले गुणस्तरीय शिक्षा प्रदान गरेका कारण मनास्लु उत्कृष्ट बन्न सफल छ । यसै सन्दर्भमा आर्थिक आवाजले मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामासँग गरेको कुराकानी:
विद्यार्थी भर्नाको अवस्था कस्तो छ ?
हामीले कक्षा ११ मा भर्ना खुलाएका छौं । हाम्रो कलेजको सिट क्षमता भन्दा धेरै विद्यार्थी कलेजमा अध्ययन गर्न चाहनुहुन्छ । हामीले विद्यार्थी छनोटका लागि विभिन्न क्राइटेरिया बनाएका छौं । कलेजमा अध्ययन गर्न चाहनेले अनलाइनमार्फत पनि आवेदन दिनसक्नुहुन्छ । यहीँ आएर भिजिट गर्न पनि सक्नुहुन्छ । आवश्यकता अनुशार प्रवेश परीक्षा पनि लिन्छौं ।
कलेजमा विद्यार्थीले कुनकुन विषय अध्ययन गर्ने अवसर पाउछन् ?
विद्यार्थीको आजको मागलाई मध्यनजर गर्दै विभिन्न विषयका कक्षा सञ्चालन भइरहेका छन् । प्ल्स टुतर्फ साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल फ्याकल्टीमा विभिन्न विषय छन् भने ब्याचलरमा विविएसको कक्षा संचालन गरिरहेका छौं ।
मनास्लु वर्ल्ड कलेज नै किन रोज्ने ?
मनास्लु वर्ल्ड कलेज विद्यार्थीको भविष्य निर्धारण गर्ने थलो हो । समय अनुसार भित्रिएका विभिन्न प्रविधिलाई पछ्याउँदै विद्यार्थीको भोलिको सुनौलो भविष्य निर्माणमा अग्रसर कलेज भएकाले अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । विद्यार्थीमा परेको दुबिधा हटाउन नयाँ आयामका साथ कलेजले शैक्षिक गतिविधि चलाइरहेको छ । मनास्लु वल्र्ड कलेज नै किन ? धेरै कलेजको भीडमा भन्नेमा सर्टिफिकेटमा मात्रै फोकस र विश्वास गर्दैनौँ । विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि त्यसमा भएको प्रतिभा निखारेर राम्रो सक्षम व्यक्ति बनाउने काम यस कलेजले गरिराखेको छ । पढाउने र पढाएर सर्फिफिकेट दिने काम आम कलेजले गरिरा
Comments are closed.