विद्यार्थी यतिवेला कुन कलेज छनोट गर्ने भन्ने दुविधामा छन् । उच्च शिक्षाका लागि कुन कलेज छनौट गर्ने भनेर दुबिधामा रहेका विद्यार्थीका लागि शैक्षिक क्षेत्रमा नयाँ उचाई बनाउन सफल छ मनास्लु वर्ल्ड कलेज । काठमाडौंको चुच्चेपाटीमा अवस्थित यस कलेज काठमाडौं उपत्यकाको उत्कृष्ट कलेजको सूचीमा पर्न सफल छ । बौद्धिक शैक्षिक जनशक्तिको समूह, कुशल प्रशासक, कलेजप्रति विद्यार्थी र अभिभावकले गरेको विश्वास, माया र साथले गुणस्तरिय शिक्षा प्रदान गरेका कारण मनास्लु कलेज उत्कृष्ट कलेजमा पर्ने गरेको छ । यसै सन्भर्दमा आर्थिक आवाजले मनास्लु वर्ल्ड कलेजका प्रमुख तथा कार्यकारी निर्देश्क राजन श्रेष्ठसँग गरेकोे संक्षिप्त कुराकानी :
एसइई पश्चात् मनास्लु नै रोज्ने विद्यार्थीले अन्य कलेजको तुलनामा के फरकपन पाउनेछन् त ?
शिक्षा भनेको किताबी ज्ञानको परीक्षा मात्र होइन । सुँगा रटाईको तरिकाले किताब घोकाएर परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कलेजहरुको होडबाजी छ । विद्यार्थीले परीक्षाको आधारमा प्राप्त गरेको प्राप्ताङ्कले मात्रै उसको सम्पूर्ण भबिष्य निर्माण हुन्छ भन्ने छैन । हामीकहाँ उत्कृष्ट नतिजासँगै जिन्दगीको परीक्षा उत्र्तिण गर्ने शिक्षा प्रदान भइरहेको छ । मनास्लुले अहिलेको परिवेशमा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रविधिका तालिम तथा सीप विकास गरेको छ । यहाँ पढेको विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने भएका छन् । यसमै कलेजले जोड दिएको छ ।
छात्रवृत्तिको अवस्था कस्तो छ ?
हामीले यहाँ भर्ना भएर अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न विधामा छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौँ । छात्रवृत्तिका लागि कलेजले विद्यार्थीको क्षमता परीक्षण गर्नेछ । विद्यार्थीको क्षमता र उसले प्राप्त गरेको जिपिए अनुसार विभिन्न आधारमा छात्रवृत्ति दिइरहेका छौँ । काठमाडौं महानगरपालिकाले लिने छात्रवृत्ति परीक्षा, दुर्गम विकटका विद्यालयमा पढेर आएका विद्यार्थी, छात्रवृत्तिका लागि कोटामा परेका विद्यार्थीको हकमा सम्बन्धित संस्था वा पालिकाको सिफारिस पत्रको आधारमा विभिन्न विद्यामा छात्रवृत्ति तथा छुट दिने गरेका छौं । मेरिटका आधारमा छात्रवृत्ति, जिपिएका आधारमा मनास्लु वल्र्ड कलेज गोल्डन छात्रवृत्ति स्किम, इन्ट्रान्स टपर छात्रवृत्ति, स्कुल टपर छात्रवृत्ति, शहिद परिवार बिशेष छात्रवृत्ति, विद्यार्थीको बिशेष क्षमता तथा दक्षतामा आधारमा छात्रवृत्ति, आर्थिक रपमा विपिन्न् विद्यँथीृका लागि छात्रवृत्तिको व्यवस्था छ ।
कक्षा ११ र १२ को पढाई सकेपछि थप सिकाईमा कलेजले के-कस्तो भूमिका खेल्दै आएको छ ?
अधिकांश कलेजले कक्षा ११ र १२ पढाई सकेपछि आफ्नो शैक्षिक जिम्मेवारी सकिएको महसुस गर्छन् । हामी भने ११ र १२ कक्षा २ वर्षको पढाईमा मात्र ध्यान दिदैनौँ, हाम्रो ध्यान भनेको उनीहरुको भबिष्य निर्माणमा निरन्तर रहिरहनेछ । जीवनभर नै जोडिएर विद्यार्थीको सुनौलो भविष्यका लागि कलेजले टिमवर्क गर्दै आइरहेको छ । परिवारसँग जोडिएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउन विभिन्न भूमिका निर्वाह गर्दै आएको छ ।
अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरैबाट करिव ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा उत्र्तिण विद्यार्थीलाई बधाई तथा शुभकामना र साउनमा हुने ग्रेडबृद्धि परीक्षाको तयारीमा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना छ । परीक्षामा पास गर्न सकिएन भनेर कोही पनि निराश नहुनुहोला । जिपिए धेरै आउँदामा मात्तिनुपर्ने र थोरै आउँदा आत्तिनु हुदैन । भोलिका लागि कसरी सक्षम नागरिक बन्ने, कसरी उत्तीर्ण गर्ने भन्ने मुलमन्त्र लिएर अगाडि बढ्नुहोला । एसइई परीक्षा उत्र्तिण विद्यार्थी कहाँ पढ्ने भनेर अलमलमा पर्नु भएको छ भने मनास्लु कलेजमा आउनुहोला । यहाँ तपाईले खोजेजस्तै पढाई हुनेछ ।
Comments are closed.