पोखरा ।
मानवसेवा आश्रमको गण्डकी प्रदेश पोखरा शाखाको भवन निर्माण शिलान्यास भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस सेवामा अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताए साथै आश्रमको भौतिक संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिन्ने पनि उनको भनाई छ । सहयोगापेक्षीहरुको लागि बन्न लागेको यस सेवामा यो बर्ष प्रदेश सरकारको तर्फबाट १ करोड २४ लाख छुट्याईएको पनि उनले बताए ।
ूसाथमा गण्डकी प्रदेश भित्र रहेका मानवसेवा आश्रमका लमजुंग र गोरखा शाखामा पनि जग्गा प्राप्त भैसकेकोले निर्माण कार्यको सुरुवात गर्नको लागि ५०५० लाख छुट्याइएको छ । बागलुङमा भने जग्गा प्राप्त भईसकेपछी योजना बनाइने छ । जग्गा प्राप्त भएको ठाउँमा भवन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने छ ।
आजको दिनमा मानवसेवा आश्रम देशको सात प्रदेशको १४ जिल्ला र १९ वटा सेवाकेन्द्रहरुबाट १हजार १ सय जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा सेवारत रहेको छ भने पोखरा शाखाको अहिले एकलाख भन्दा बढी भाडा तिरेर छोरेपाटनमा भाडामा सन्चालन गरिएको आश्रममा १२७ जना उद्दार गरिएको छ ।
देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माण एवं घोषणा गर्ने महान अभियानसहित अगाडी बढेको मानवसेवा आश्रमको सपनामा सम्पूर्णले पु¥याएको साथ, सहयोग र अभिभावकत्वको लागि गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले कृतज्ञता व्यक्त गरे ।
कास्कीको हेम्जामा बन्न लागेको मानवीय स्मारकको लागि जग्गा प्रदान गर्ने लक्ष्मी नारायण मन्दिर सनातन गुठी प्रतिष्ठानका उपाध्यक्ष ऋषी सापकोटाका परिवार, भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने एवं संयोजन गर्ने मोतिबहादुर थापा एवं सम्पूर्ण थापा परिवार, स्मारक बन्न लागेको पोखरा महानगरपालिका वडा नम्बर २५ का जनप्रतिनिधि लगायत आश्रमलाई प्रेम गर्नुहुने अभिभावक, शुभेच्छुक लगायतको उपस्थिति रह्यो ।
शिलान्यास कार्यक्रम मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको हो । गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले सन्चालन गरेका थिए ।
Comments are closed.