पोखरा । पोखरामा रहेको मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा मंसिर १८ देखि २० गतेसम्म चलेको थियो ।
स्थापनाको शुरुवात संगै सहकारीले उत्कृष्ट काम गरेको छ । सहकारीले कृषि फार्मलाई नमुना बनाएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती, भैंसी पालन, लोकल कुखुरा, बट्टाई, टर्की कणकनाथ लगायतका पंक्षी पालन गरि अण्डा तथा मासु उपलब्ध गराउदैं आएको छ भने खसी, बोका, च्याङग्राको मासु पनि उपलब्ध गराउने उदेश्यका साथ सहकारी अगाडी बढेको सहकारीका अध्यक्ष भरत के.सीले जानकारी दिए । । शुद्ध तथा स्वच्छ दुध उत्पादन तथा बिक्रीका लागि भैंसी पालन पनि सहकारीले गरेको छ ।
सहकारीको शेयर पुँजी ३ करोड २८ लाख छ भने ६ करोड रुपैयाँ बराबरको कारोबार कृषि फार्म मार्फत गरिरहेको छ । सहकारीमा ४ सय २८ शेयर सदस्य छन् । कोरोना कहरका बिचमा पनि सहकारीले उत्कृष्ट काम गरेको छ ।
Comments are closed.