मान्द्रेढुङ्गा सहकारीले ल्यायो मुस्ताङबाट च्याङग्रा

पोखरा ।
पोखराको विशालमार्गमा रहेको मान्द्रेढुङ्गा बहुउदेश्यीय सहकारी संस्थाले दसैंमा सुपथ मुल्यमा च्याङग्रा उपलब्ध गराउने भएको छ ।

दसैंलाई लक्षित गरी सहकारीले २ सय ५० वटा च्याङग्रा मुस्ताङबाट पोखरा ल्याएको सहकारीका अध्यक्ष भरत के.सी.ले जानकारी दिए । दसैंमा च्याङग्रा आवस्यकपर्नेले सहकारीको फार्ममा आएर लैजान सक्ने उनले बताए ।

jutta mela

सहकारीले सुपथ मुल्यमा च्याङग्रा उपलव्ध गराउने सहकारीका उपाध्यक्ष रेनु थापाले जानकारी दिईन् । च्याङग्राको मासु स्वादिलो हुने र पोखरा तथा आसपासका क्षेत्रमा माग बढिरहेकोले सहकारीले मुस्ताङ पुगेर च्याङग्रा ल्याएको उनले बताईन् ।

सहकारीले पोखरा १४ बिशाल मार्गमा एकिकृत कृषि फार्म पनि संचालन गरिरहेको छ ।

You might also like

Comments are closed.