उत्पादनसँग जोडिदै मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारी, पोखरामा एकीकृत कृषि फार्म

पोखरा । मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा १४ बिशाल मार्गमा एकीकृत कृषि फार्म शुरु गरेको छ । सहकारीलाई व्यावसायिक बनाउने र उत्पादनसँग जोड्ने उद्देश्यले १२ रोपनी क्षेत्रफलमा फार्म सञ्चालन गरेको
अध्यक्ष भरत केसीले जानकारी दिए ।

फार्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ । थप १ करोड ३० लाख रुपैयाँ लगानी हुने केसीले जानकारी दिए । पोखरा १४ कार्यक्षेत्र रहेको सहकारीले कृषि तथा पशुपालनलाई प्राथमिकता दिएर एकीकृत कृषि फार्म संचालन गरेको हो ।
प्राय कृषि तथा पशुपालन व्यवसाय ग्रामीण क्षेत्रमा भएकाले बजार क्षेत्रमा सहकारीले फार्म सञ्चालनमा ल्याएको केसी बताउँछन् ।

jutta mela

पशुपालनका लागि पहिलो चरणमा उन्नत जातका १२ भैंसी ल्याइएको छ । विनामिसावट शुद्ध दूध उपलब्ध गराउने उद्देश्यले भैंसीपालन शुरु गरिएको र अण्डा तथा मासुको लागि लोकल कुखुरा, टर्की, कालिज, लगायतका अण्डा तथा मासुजन्य पंक्षी पालन पनि शुरु गरेको उनले बताए ।

तरकारी खेतीको लागि टनेल तयार भएको र मौसमी तथा बेमौसमी विभिन्न जातका तरकारी सहकारीले उत्पादन गर्नेछ ।
सहकारीको कार्यक्षेत्र पशुजन्य क्षेत्र भएकाले दाना, चोकर सहकारीले नै होलसेल संचालन गरि सहुलियत दरमा किसानलाई उपलब्ध गराउने उपाध्यक्ष रेनु थापाले जानकारी दिइन् । आफ्ना सदस्यलाई लक्षित गरी ग्रोसरी आइटमको पसल संचालन गर्ने पनि उनले बताइन् ।

दशैं तिहारलाई लक्षित गरी खसी, बोका तथा च्याङ्ग्रा पनि उपलब्ध गराउने सोच सहकारीको छ । सहकारीलाई ब्राण्डका रुपमा विकास गर्ने उद्देश्यले आफूहरु लागेको के.सी.ले बताए । सहकारीमा ५ सय जना सदस्य छन् ।

You might also like

Comments are closed.