काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लिले मंगलम केयर सुरु गरेको छ ।
कोरोनाको दोस्रो लहरले देशका सम्पूर्ण जनमानसमा त्रासको भावना सृजना गरेको र दिनहुँ नेपालीहरुको मृत्यु भईरहेको छ । यस आपत्कालिन अवस्थामा थुप्रै संस्थाहरुले आफ्नो कर्मचारीको लागि विभिन्न कार्यहरु गर्दै आइरहेका छन् ।
यसै व्रmममा मंगलम पाइप्सले पनि कोरोनाका कारण मृत्यु भएका कर्मचारीका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको छ ।
“मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन्। मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ। हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ,”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।




Comments are closed.