अर्लि मन्टेश्वरीमा मनिपालको निःशुल्क आँखा शिविर

पोखरा । अर्लि मन्टेश्वरी पोखरामा आँखा शिविर भएको छ । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा छात्रछात्राको आखाँको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा–५ मालेपाटनमा रहेको मन्टेश्वरीमा ५६ छात्र र ६५ छात्रा गरि कूल १ सय २१ जना छात्रछात्राले आखाँको स्वास्थ्य परीक्षण गराएका छन् ।

मनिपाल शिक्षण अस्पतालको सामुदायिक कर्तब्य अन्तर्गत मन्टेश्वरीमा आँखा शिविर गरिएको हो । अस्पतालको सामुदायिक कर्तब्य अन्तर्गत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।

शिविरमा ५ जना विद्यार्थीको आँखामा जटिल समस्या देखिएपछि अस्पताल रिफर गरिएको लामिछनेले जानकारी दिए । अस्पतालले वर्षमा सय स्वास्थ्य क्याप गर्ने लक्ष्य राखेको र सोही अन्तरगत अर्लि मन्टेश्वरीमा सातै आखाँ शिविर सञ्चालन गरिएको उनले बताए ।

jutta mela

मनिपालको आँखा शिविरले बच्चाहरुको आँखाको दीर्घकालीन समस्या हुनबाट जोगाएको मन्टेश्वरीकी पिन्सीपल राधा गौतमले बताइन् ।

You might also like

Comments are closed.