पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र पोखरा वृद्धाश्रम ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना’मा सहकार्य गर्ने सहमति भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’मा अस्पताल र पोखरा वृद्धाश्रमबीच सहमति भएको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षणमा उक्त सम्झौताले योगदान पुग्ने विश्वास लिइएको छ ।
Comments are closed.