मनिपालमा सेवा विस्तार, ७२ शैय्याको अत्याधुनिक सुविधासम्पन्न आइसियु थप

पोखरा । पोखराको मनिपाल हस्टिपलले अत्याधुनिक सुविधा सम्पन्न सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सघन कक्षको शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

अत्याधुनिक तथा बहुआयमिक ‘लेबल ३’को ७२ शैय्याको सघन उपचार कक्ष निर्माण गरी सेवा सुरु गरिएको हस्पिटलले जनाएको छ ।

नवनिर्मित आइसियु बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको जनाइएको छ । ‘हामीलाई विश्वास छ की अब उत्कृष्ट सेवाका लागि कोही गम्भिर बिरामीहरु काठमाडौं जानुपर्ने स्थिति रहने छैन,’ हस्पिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैय्यामा मोनिटर, भेन्टिलेटर, इ.सि.जी मेसिन, यु.एस.जी तथा इको प्रणालीहरु जडित छन् । जस्ले गर्दा बिरामीलाई धेरै सहज हुने बताइएको छ । ‘यस सघन उपचार कक्षमा २४सैं घण्टा क्रिटिकल केयर सम्बन्धि (एमडिजिसी) डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कक्षमा कार्यरत सम्पूर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने व्यहोरा पनि यहाँलाई जानकारी गराउदछौं । यस्का अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने छ ।’

अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल पनि भएकाले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्ने तथ्यप्रति आफूहरु सचेत रहेको हस्पिटलले जनाएको छ ।

You might also like

Comments are closed.