पोखरा । मनिपाल हस्पिटल पोखराले ‘मनिपाल हेल्थ चेकअप कम्प्लेक्स’को सुरुवात गरेको छ । कम्प्लेक्सको आइतबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले उद्घाटन गरेका हुन् ।
हेल्थ चेकअप, होल बढी चेकअप, डिटेल्स तथा एडभान्स चेकअप सेवा प्रदान गर्नका लागि कम्प्लेक्सको सुरुवात गरिएको हस्पिटलका मानव शंसाधन विभाग प्रमुख भानु भारद्वाजले जानकारी दिए । कम्प्लेक्समा स्वस्थ मान्छेले पनि आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्नेछन् भने अन्य बिरामीले पनि उपचार गराउँदा सम्पूर्ण सेवा एकै ठाउँबाट प्राप्त गर्नेछन् । ‘हेल्थ चेकअप कम्प्लेक्सबाट फास्ट ट्रयाकमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘होल बढी चेकअप गर्दा कुनै रोग देखिएमा पनि त्यही उपचार सेवा प्रदान हुन्छ ।’
नाम रजिष्टरदेखि ल्याब परीक्षणसम्मको सेवा फास्ट ट्रयाकबाट सेवाग्राहीलाई प्रदान गर्ने गरी हस्पिटलले कम्प्लेक्स उद्घाटन गरेको हो । हस्पिटल परिसरभित्र ग्राउण्ड फ्लोर सेक्सन रिसेप्सनको छेउमा कम्प्लेक्स स्थापना गरिएको छ । कम्प्लेक्समा मेडिकल स्पेसलिष्ट, सर्जरी स्पेसलिष्ट, प्रसुतीको स्पेसलिष्ट लगायतका चिकित्सकले सेवा प्रदान गर्नेछन् ।
Comments are closed.