पोखरा । बतास समूहले गत वर्षमात्रै खरिद गरेको पोखरास्थित मणिपाल मेडिकल कलेजमा जारी विवाद समाधान भएको छ । लामो समयदेखि विभिन्न माग राख्दै कलेजमा आन्दोलन हुँदै आइरहेको थियो ।
बतास समूहले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अस्पतालमा जारी विवाद तत्काल सकिएको हो ।
दुई पक्षबीच सहमति भएसँगै आइतबारबाट अस्पतालमा ओपिडीसहित सबै सेवा सूचारु भएका छन् । कर्मचारी युनियनले विभिन्न मागहरू राख्दै अस्पताल प्रशासनमा ताला लगाएर आन्दोलन गरेका थिए ।
Comments are closed.