पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख तथा राजस्व परामर्श समितिकी संयोजक मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको राजस्व नीति तर्जुमा गर्दा निजी क्षेत्रले उठाएका मागहरूलाई सम्बोधन गरिने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव संकलन’ अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले ले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उपप्रमुख गुरुङले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार महानगर निजी क्षेत्रसँग सहकार्य गर्न सधैं तयार रहेको बताउनुभयो। उहाँले आगामी दिनमा निजी क्षेत्रसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएकी छिन् । ।
“महानगरको राजस्व नीतिलाई निजी क्षेत्रमैत्री बनाउने र कर प्रणालीमा सुधार गर्दै अघि बढ्नेछौं,” उनले भनिन् , “कतिपय अवस्थामा चाहँदा चाहँदै पनि करदातालाई भनेजस्तो सेवा दिन नसकिएको हुन सक्छ। हामी यसमा सुधार गरेर अगाडि बढ्छौँ।”
Comments are closed.