मन्जुश्री फाइनान्सको २८औँ शाखा थापाथलीमा सञ्चालनमा

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औँ शाखा काठमाडौँको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ । फाइनान्सले केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेसँगै मिति २०८२ माघ ८ गते बिहीबारदेखि थापाथली शाखाबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो ।

हालसम्म २७ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको मन्जुश्री फाइनान्सले ग्राहकहरूसँग अझ नजिक रहने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

फाइनान्सले पुस मसान्तसम्म २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्म फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ । पुस मसान्तसम्मको कुल नाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको फाइनान्सले जनाएको छ ।

ग्राहक सेवामा सुधार तथा डिजिटल बैंकिङ प्रवर्द्धनमा अग्रसर मन्जुश्री फाइनान्सले हालै फोनपेसँगको सहकार्यमा ‘मन्जुश्री फोनपे भर्चुअल क्रेडिट कार्ड’ सेवा पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले आधुनिक प्रविधिमार्फत सरल, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

You might also like

Comments are closed.