काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ ।
सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास मन्जुश्रीले राखेको छ । विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रबिधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् । इच्छुक ग्राहकवर्गले यो सुबिधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुबिधाको लाभ उठाउन सक्नेछन ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८५ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ। यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ ःबलवगकजचभभ ख्ष्चतगब िऋचभमष्त ऋबचम को सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।



Comments are closed.