काठमाडौं । दुग्ध विकासको क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायी मनोजकुमार यादव राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी सदस्यमा मनोनीत भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट यादव बोर्डको सदस्य नियुक्त भएका हुन् ।
बोर्डको ऐन २०४८ को दफा ७ को उपदफा (१) को खण्ड (ठ) बमोजिम मंगलबार मन्त्रालयले यादवलाई बोर्ड सदस्य नियुक्त गरेको हो ।
सूर्योदय मिल्क एण्ड वेभरेज प्रालि बिराटनगरका सञ्चालक यादव दुग्ध क्षेत्रको विज्ञ मानिन्छन् । यादवको नेतृत्वमा नेपालको दुग्ध क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
२५ वर्षदेखि दुग्ध व्यवसायमा आबद्ध यादवसँगै दुग्ध व्यवसायमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव छ । उनको नेतृत्वमा सञ्चालित सूर्योदय मिल्कका दुग्ध पदार्थ जापान लगायत देशमा निर्यातसमेत भइसकेको छ । दुग्ध क्षेत्रमा प्राविधिक ज्ञानसमेत हासिल गरेका यादवले बोर्डमा पुर्याउने योगदानबाट देशको दुग्ध क्षेत्र लाभान्वित हुने कृषि तथा पशुपन्त्री विकास मन्त्री रामनाथ अधिकारीले विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले मंगलबार नै यादवलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन् ।
यादव नेपाल डेरी एसोसिएसनको केन्द्रीय सदस्यसमेत हुन् ।
Comments are closed.