मन्त्री र डिआईजीले गरे कास्की ट्राफिक कार्यालयको निर्माणाधिन भवन अवलोकन

 

पोखरा ।
कास्की जिल्लास्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले अबलोकन गरेका हुन् ।

पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा निर्माण सम्पन्न हुन लागेको भवन निर्माणका लागि नागरीकस्तरबाट थालनी गरिएको हो । तत्कालिन नगरबिकास समितिद्वारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यबसायी दिलिप श्रेष्ठको नेतृत्वमा निर्माण समिती बनाएर काम सुरु गरिएको थियो । अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आबासको लागि पनि समस्या भएको छ ।

प्रहरीहरु पानी चुहिने भवनमा बसिरहेको अबस्थामा सुबिधासम्पन्न भवन निर्माण गर्ने प्रयत्न रहेको निर्माण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि पोखरा महानगरपालिका लगायत बिभिन्न ब्यक्तीले सहयोग गरेको र्निमाण समितिका सल्लाहकार शिब बस्ताकोटीले बताए निर्माण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले बताए ।

 

भवन निर्माणस्थलको अबलोकन पछि आन्तरीक मामिला तथा कानुन मन्त्री हरीबहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताए । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि सहयोग गर्ने काममा थप सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आबस्यक स्रोतको खोजी गर्ने प्रतिबद्धता ब्यक्त गरे । आबस्यक पुर्बाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन र्निमाणमा खट्ने र सहयोग गर्ने प्रति उनले धन्यवाद ज्ञापन गरे । प्रदेश प्रहरी प्रमुख डि.आइ.जि. घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आबस्यक पुर्बाधार र्निमाण गर्ने कुरामा आफु  सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताए ।

You might also like

Comments are closed.