सुदूरपश्चिम रोयल्सलाई मार्भल टेक्नोप्लास्टको साथ

काठमाडौं । सुदूरपश्चिम रोयल्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. ‘एक्सिलेन्स पार्टनर’ बनेको छ । उत्कृष्टताप्रति प्रतिबद्ध रहेको ब्रान्डसँग सहकार्य गर्न पाउदा खुसी लागेको सुदूरपश्चिम रोयल्सले विज्ञप्तिमार्फत जनाएको छ ।

‘हामी यस सिजनलाई सफल बनाउने लक्ष्यका साथ अघि बढ्ने छौँ र आगामी सिजनहरूमा पनि आपसी समझदारीका आधारमा यस साझेदारीलाई निरन्तरता दिने अपेक्षा राख्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

मार्भल टेक्नोप्लास्ट प्रा.लि.का उपाध्यक्ष पवनकुमार सान्चेतीले नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गर्छ। हामीलाई नयाँ प्रतिभालाई साथ दिन र नेपालको खेलप्रेमी समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न पाउनु गौरवको विषय हो,’ उनले भने, ‘हामी यस सिजन उत्साहपूर्ण खेल प्रदर्शनको प्रतीक्षा गर्दैछौं ।

साथै रोयल्सलाई मैदानभित्र र बाहिर सफलताको शुभकामना व्यक्त गर्दै उनले हिम्मतसाथ खेल्न अनुरोध गरे ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले क्रिकेटलाई निरन्तर साथ दिँदै आएकाले मार्भल टेक्लोप्लाष्टलाई आभार व्यक्त गरे ।

You might also like

Comments are closed.