मातृभूमि सहकारीको वार्षिकोत्सवमा रक्तदान

पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.पोखरा ८, कास्कीले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको होे ।

प्रमुख अतिथि नेपाल रेडक्रस कास्की शाखाका सभापति डोलराज पाण्डेले सहकारीका व्यवस्थापक श्रीराम सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा वोल्दै पाण्डेले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रमले जीवनमरणको दोसाधमा रहेका बिरामीहरुको उद्दार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले हरेक व्यक्तिले सहज तरिकाबाट रक्तदान गर्ने अवस्था रहदारहदै पनि सबैमा रक्तदान जस्तो पवित्र कामको बारेमा अझ धेरै सचेतना दिनुपर्ने समय आएको बताए ।

jutta mela

उनले पोखरा ८ मा निर्माणधिन सुविधासम्पन्न रक्तसञ्चार केन्द्र निर्माणका लागि लगानी ठूलो भएको कारण सबै सहकारी संस्थाहरुसँग सहयोगको अपिल समेत गरिएको बताए ।

सहकारीको संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीकान्त शर्मा खतिवडाले सहकारी समाजसँगै जोडिएर रहने भएकोले समाजको वित्तिय आवश्यकता, सामाजिक र सांस्कृतिक पक्षको अभावलाई परिपूर्ति गर्न सहकारी मार्फत सहज रहेको बताए ।

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा सामाजिक गतिविधि निरन्तर अगाडि बढाउँदै लैजाने बताए ।

कार्यक्रममा सहकारीका सल्लाहकार तथा कास्की बचत संघका सचिव ईश्वरप्रसाद सुवेदी, तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिकाप्रसाद भट्टराई, सल्लाहकार मुरलीमोहन काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । नेपाल रेडक्रस जिल्ला शाखा कास्कीको रक्तसञ्चार भवन निर्माणका लागि सहकारीले रु १५ हजार ५ सय ५५ हस्तान्तरण गरेको थियो भने ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमका संयोजक ऋषिकान्त पराजुलीले गरेका थिए भने सञ्चालन सचिव शिवराज पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.