एमएडब्लु वृद्धिले आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभमा उत्साहजनक उपस्थिति

पोखरा । एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प साथ सम्पन्न भएको छ । पोेखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरुले नामी, सेरेस र दिपल इभीको एक्सपिरियन्स गरेका छन् । उक्त अवसरमा पोखरेली इभी पारखीहरुको उत्साहजनक उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

इभीप्रेमीहरुले तीन ब्रान्डका इभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गरेका थिए । पोखराबाट भएको यो प्रतिक्रियाले यो क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो रुचीलाई प्रदर्शन गरेको छ ।

jutta mela

कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गरेका छन् ।

एमएडब्लु वृद्धिले ग्राहकको सहभागिता र रुचीका लागि धन्यवाद प्रकट गरेको छ । गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो ।

You might also like

Comments are closed.