नामी र सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प वीरगञ्जमा

वीरगन्ज । नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा.लि.ले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगन्जमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमएडब्लु वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पका रवि बजाज लगायतको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।

वीरगन्जको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको बिक्री वितरण गर्नेछ ।

एक्स्चेन्ज र टेस्ट ड्राइभ क्याम्प

नामी र सेरेसले प्रतिमा चोकको नारायणी अटोकर्पमा एक्स्चेन्ज र टेस्ट ड्राइभ क्याम्प चलिरहेको छ । मंसिर २१ गते शुक्रबारसम्म क्याम्प चल्नेछ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म क्याम्प चल्ने जनाइएको छ ।

क्याम्पले ग्राहकलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर प्रदान गरेको छ ।

खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरूर प्रत्येक टेस्ट ड्राइभ वा मूल्यांकनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साह र उमंगको केन्द्र बनेको बताइएको छ ।

lcci
You might also like

Comments are closed.