काठमाडौं । एमएडब्लु इन्टरप्राइजेज र डिएभी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने गरी दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
मंगलबार एक कार्यक्रमबीच कलेजका अध्यक्ष अनिल केडिया र एमएडब्लु (यामाहा) का प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा एमएडब्लुका चिफ म्यानेजर तथा कर्पोरेट हेड मोहन थापा लगायत सहभागी थिए ।
दीगो लक्ष्य प्राप्तिका लागि शैक्षिक संस्था र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले दुई पक्षबीचको सम्झौता फलदायी हुने विश्वास गरिएको छ ।
Comments are closed.