एमएडब्लु फाउन्डेसनद्वारा ट्राफिक प्रहरीलाई १० यामाहा एफजेड मोटरसाइकल सहयोग

काठमाडौं । एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन र सुरक्षित आवागमनमा सहयोग पुगोस् भन्ने उद्देश्यले १० वटा यामाहा एफजेड मोटरसाइकल प्रदान गरेको छ ।

हालै सम्पन्न आन्दोलनपछि कानून र व्यवस्था कायम गरी जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिने कार्यमा प्रहरी र ट्राफिकको स्रोतलाई ध्यानमा राखी फाउन्डेसनले यो सहयोग गरेको हो ।

एमएडब्लु फाउन्डेसनले सदैव देश, सरकार र समाजप्रति आफ्नो जिम्मेवारी मनन गर्दै भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि जिम्मेवार नागरिकको कर्तव्यपालन निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ ।

यो सहयोगले ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउने र उपत्यकामा सुरक्षित आवागमन सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.