एमएडब्लु ग्रुपको मेगा एक्सचेन्ज कार्निभल उत्साहपूर्वक सम्पन्न, ग्राहकको भीड

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु ग्रुपद्वारा काठमाडौंको गैरीधारा स्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा आयोजना गरिएको चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल आज (आइतबार) उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको यो एक्सचेन्ज मेलाले ग्राहकहरूबाट असाधारण प्रतिक्रिया प्राप्त गरेको आयोजकले जनाएको छ।

मेलाको अन्तिम दिन पनि ठूलो संख्यामा ग्राहकहरूको उपस्थिति रह्यो। ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर नवीनतम प्रविधियुक्त इलेक्ट्रिक भेइकल (EV) मा अपग्रेड गर्ने अवसर पाएका थिए। विशेषगरी दिपल, अवतार, नामी र सेरेसका स्टलहरूमा उल्लेखनीय भीड देखिएको थियो। मेलामा सहभागीले नेपालकै शीर्ष पाँच रीकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको उत्कृष्ट मूल्यांकन गराएका थिए, जसका आधारमा धेरै ग्राहकहरूले नयाँ EV खरिद गरेका छन्।

एक्सचेन्जमा सहभागी ग्राहकहरूले अधिकतम १५ लाख रुपैयाँसम्मको बोनस र नगद छुट प्राप्त गरेका छन् भने मेलाको अवधिमा बुकिङ गर्ने जोडीहरूले नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टे अफर पनि जितेका छन्। मेलामा पहिलो पटक प्रदर्शन गरिएको अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी ‘अवतार’ को टेस्ट ड्राइभले समेत ग्राहकहरूलाई आकर्षित गरेको थियो।

रोबोटिक गतिविधि, रेसिङ सिमुलेटर र बालबालिकाका रमाइला खेलहरूसँग मेलाको वातावरण पारिवारिक र मनोरञ्जनपूर्ण बनेको थियो। आयोजक एमएडब्लु ग्रुपले देशभरका ग्राहकहरूलाई विद्युतीय सवारीप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्निभलले नेपाली EV बजारमा नयाँ उत्साह र विश्वास जगाएको बताएको छ।

मेलाको सफलतापूर्वक सम्पन्नतापछि आयोजकले सबै सहभागी ग्राहक, साझेदार कम्पनीहरू र संचार माध्यमप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता ग्राहकमैत्री कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

You might also like

Comments are closed.