दाङ्ग । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा अहिलेसम्मकै ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ। उक्त क्याम्प १९ देखि २१ पौष २०८२ सम्म राप्ती अटोमार्ट प्रा. लि. मा हुनेछ ।
कार्यक्रम मार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधा र एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधन खरिद गर्ने अवसर पाउनेछन् । यस क्याम्प दाङ्गमा नयाँ डोङफेङ शोरूमको उद्घाटन र बहुप्रतीक्षित नामी भिगोको सार्वजनिक अनावरणको उपलक्ष्यमा आयोजना गरिएको हो ।
एमएडब्लु वृद्धिले यस अवसरमा ग्राहकहरूको लागि विशेष प्याकेज प्रस्तुत गरेको छ । ग्राहकहरूले नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्, साथै चार्जिङ सुविधा (७ किलोवाट द्रुत चार्जर र ३.५ किलोवाट पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा प्रदान गरिनेछ । उच्चस्तरीय इलेक्ट्रिक एसयुभीमा अधिकतम ६ लाख रुपैयाँसम्मका लाभहरू उपलब्ध हुनेछन् ।
पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने प्रत्येक टेस्ट ड्राइभ आगन्तुकलाई उपहार पनि दिइनेछ । नयाँ शोरूमले दाङ्गमा डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनको प्रमुख बिक्री केन्द्रको रूपमा सेवा दिनेछ ।
एमएडब्लु वृद्धिले दाङ्गका ग्राहकहरूलाई यी इलेक्ट्रिक सवारी साधनको उत्कृष्ट प्रदर्शन अनुभव गर्न र सीमित अवधिका विशेष अफरको लाभ लिन हार्दिक आमन्त्रण गरेको छ ।




Comments are closed.